अलवेदर सहितका कच्चि सडक हिलाम्य बनेपछि यात्रुलाई सास्ती

द्वारा प्रकाशित गरिएको हो |
२०७९ असार ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलःसूर्योदय नगरपालिका भित्रका कच्चि सडक हिलाम्य बनेपछि यात्रुलाई आवातजावत गर्न असहज बनेको छ । लगातारको बर्षातका कारण विभिन्न ठाउँमा गएको पहिरोका कारण सडक पुरिनुका साथै कतिपय सडकखण्ड नै बगेपछि सूर्योदय सहित जिल्ला भरिकै अधिकांश ग्रामिण सडक जोखिममा देखिएका छन् ।

सूर्योदय नगरपालिका वडा नं ४ श्रीअन्तुमा पर्ने गणेश हिमाल देखि सुबेदी गाउँ हुँदै करफोक सम्मको अलवेदर सडक निर्माणको क्रममा अलपत्र पारिएको भन्दै स्थानियले गुनासो गरेका छन् । स्थानीय भुपाल चौहानले भने,‘ठेकेदारले ३ महिना अघिदेखि कटिङ गर्दै छोडेकाले यो बर्खामा बाटो पार गर्न नसक्ने स्थिति बनेको छ ।’ बिचमा लेवर बोलाएर निर्माण सामाग्री नल्याएकाले काम हुन नसकेको र त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तामा परेको चौहानले बताए ।

यसैगरि वडा नं ३ अन्तर्गतको अलवेदर सडक पार गर्न नसक्ने गरि हिलाम्य रहेकाले सोहोर्ने काम भैरहेको वडाध्यक्ष लोक बहादुर प्रधानले बताएका छन् । मानिस विरामी भए एम्बुलेन्स ल्याएर उपचारमा लैजानुपरे सम्भव नहुने स्थितिका कारण सडक संचालन चुनौती भइरहेको प्रधानको भनाई छ ।

यता वडा नं १३ र १४ हुँदै झापा जाने भालुखोप खुदुनाबारी सडकखण्डमा आवात जावत उस्तै मुस्किल छ । गत कार्तिक महिनामा आएको बेमौषमी बर्षातले दुईवटा होम पाईप सहित आसपासको सडकखण्ड बगाए पनी हालसम्म निर्माणको काम नहुँदा यात्रुलाई सास्ती भएको हो । स्थानीय संचारकर्मी प्रबिन बिसीका अनुसार, ‘लामोदुरीका सवारीसाधन तथा ठुलाठुला मालबाहक ट्रकहरुमा आवतजवत गर्न धेरै मुस्किल बनेको छ ।’
त्यसो त वडा नं १३ लक्ष्मिपुर देखि वडा नं १४ सम्मको स्थान सम्म दैनिक ५ वटा स्कुल बस आवातजावत गर्दछन् । प्रत्येक दिन करिब १ सय ५० सवारी ओहोरदोहोर गर्न्ने उक्त सडक जोखिम पुर्ण अवस्थमा देखिन्छ ।

यता माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिका जोडिने फिक्कल नयाँबजार सडक पार गर्न नसकिने स्थितिमा पुगेको छ । ठुला साना गरि सयौँ सवारी आवातजावत हुने महत्वपुर्ण सढकको स्थिति बर्षेनि उस्तै छ । सूर्योदयका अन्य वडाहरुमा पर्ने अलवेदर तथा अधिकांश कच्ची सडकको अवस्था उस्तै हिलाम्य रहेकाले सर्वसाधारणलाई आहोरदोहोरमा समस्या भइृरहेको हो । किसानले उत्पादन गरेका कृषिजन्य बस्तु बजार सम्म लैजान,विरामी पर्दा अस्पाल अपरझट पुग्न,विद्यार्थीलाई नियमित विद्यालय जान,कर्मचारीलाई कार्यालय लगायत दैनिकीमा नै असहज बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय