महिला शाखा सूर्योदयले गर्यो वडा १ का १०४ जनाको पाठेघर परिक्षण

द्वारा प्रकाशित गरिएको हो |
२०७९ असार १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलःसूर्योदय नगरपालिका वडा नं १ गोर्खेका १०४ जना महिलाको पाठेघरको मुखको क्यान्सर,बाझोपन तथा स्तन क्यान्सर परिक्षण गरिएको छ । महिला, बालबालिका तथा समाजकल्याण शाखाले सनिबार एक दिवसीय शिविरको आयोजना गरि उक्त परिक्षण सम्पन्न गरेकोे हो । परिक्षणमा सहभागि १०४ महिलालाई नै इन्फेक्सन देखिएकाले कम्तिमा सात दिनको औषधी उपलब्ध गराईएको शाखा प्रमुख तारा शेर्पाले जानकारी दिईएकी छन् । शेर्पाका अनुसार जोखीम अवस्था देखिएका ४६ जनाको ट्यामस्माईल टेस्ट गरि काठमाडौँ पठाईएको छ । उक्त परिक्षणको रिजल्ट सात दिन भित्रमा आउने र त्यसले क्यान्सर भए नभएको पत्ता लाग्ने छ । यसैगरि गम्भिर समस्या देखिएका २ जनालाई भने उपचारका लागी पठाउने गरि परिक्षण गरिएको छ । उनिहरुको पाठेघरको मुखमा ठुलाठुला घाउ देखिएकाले तत्काल उपचारका लागी जानुपर्ने भएको शेर्पाले बताईन् । स्वास्थ्य शिविरमा आएका मध्ये बाझोपनको समस्या भएका ५ जनाको परिक्षण गरिएको छ । १० जनाले परिवार नियोजनको ५ बर्षे साधन आई.यु.सि.डि ईन्प्लान्ट लगाएका छन् भने समय पुरा भएका ९ जनाले झिकेका छन् । करिब १५० जनालाई शेवा दिने लक्ष्य राखेको शाखाले १०४ जना सहभागिलाई सेवा दिईएको छ । उनिहरुलाई बिर्तामोड बाट आएकी महिला रोग विशेषज्ञ डा. ममत भिरयाले स्वास्थ्य चेक जाँज,परिक्षण साथै परामर्श दिइृएकी थिईन् । शाखाले स्वास्थ्य परिक्षण तथा औषधि वितरण निशुल्क गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख रण बहादुर राईले नगरपालिकाले महिलालाई प्राथमिकतामा राखेको बताएका छन् । उनले यो शिविर पहिलो नभएको भन्दैयस भन्दा पहिला विभिन्न बडाहरूमा संचालन गर्दा राम्रो नतिजा प्राप्त भएको हुनाले पनि नगरले निरन्तरता दिएको जनाएका छन् ।
स्वास्थ्यसगं जोडिएको यस कार्यक्रमले पृथक अर्थ राख्नेमा उनि विश्वस्त छन् ।
स्वास्थ्यको निरोधात्मक क्षेत्रहरूको बारेमा जानकारी र सचेतनाको कार्यक्रमहरू गर्दै नगरवासीको उपचार खर्चमा भैरहेको निकै ठूलो आर्थिक भारलाई कटौती गर्ने नगरको उद्देश्य रहेको प्रमुख राईले बताए । शुल्क तिर्दा राम्रो सेवा शुल्क नतिर्दा कम सेवा भन्ने सोचबाट निस्कन जरूरी रहेको पनी धारणा राखेका छन्। महिला बालबालिका तथा समाजकल्याण शाखाकी प्रमुख तारा शेर्पाको अध्यक्षता रहेको कार्यक्रममा वडाध्यक्ष राजकुमार शेरेङ, महिला रोग विशेषज्ञ डा. ममत भिरया लगायतको आतिथ्यता रहेको थियो । शाखाले यहि महिना श्रीअन्तुमा उक्त शिविर सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय