डाक्टर केसीद्धारा इलामबाट २० दिनका लागी निशुल्क सेवा सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः डाक्टर गोविन्द केसीले आजदेखी इलामबाट जनतालाई सेवा दिन सुरु गर्नु भएको छ । इलाम अस्पताल मार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नु भएको हो । आजदेखी २० दिनसम्म उहाँले सेवा दिनु हुने छ ।
यस अघि पनि उहाँले इलाममा आएर अनसन बस्नु भएको थियो । उहाँले पहाडी भेगका जनतालाई जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सुवा सुरु गर्नु भएको हो । शहरमा भएका ठुला अस्पतालमा ग्रामिण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफु इलाममा आएर सेवा दिन थालेको उहाँले बताउनुभयो ।
डाक्टर केसीले इलामबाट उपचार दिन थालेपछि इलाममा हार्डजोनीका विरामीहरु उपचार गराउन आउनेको संख्या समेत बृद्धि भएको छ । गाउँगाउँ देखी पुराना हार्डजोनी सम्वन्धी बिरामीहरु समेत डाक्टरलाई देखाउन आउन थालेका छन् ।
उहाँले दैनिक ५० जनासम्म विरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप वढेपछि अबेरसम्म बिरामी जाँच गरिरहनु भएको छ । उहाँले आउने भदौ १० गतेसम्म इलामबाट निशुल्क सेवा दिनु हुने जनाइएको छ । इलाम अस्पतालले उहाँलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका ब्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो । उहाँले आवश्यक सहयोग सहित सुरक्षा गार्डको समेत ब्यवस्था गरिएको बताइएको छ ।
यस अघि डाक्टर केसी ताप्लजुङमा गएर बिरामीको उपचार गरेर आउनु भएको हो ।
सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गर्नु भएको छ । त्यसबाहेक १५ वटा देश पुगेर उहाँले बिरामीहरूलाई उपचार र औषधि उपलब्ध गराउनु भएको छ ।fromsutradharonline

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय