इलामः नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा ९एकीकृत समाजवादी० र नेकपा ९माओवादी केन्द्र० शेरबहादुर देउवाजस्तो ‘अक्षम’ व्यक्तिको पछि लागिरहेको आरोप लगाएका छन्। उनले कांग्रेससँगको यात्रा छाडेर एमालेतिर सहकार्यमा आउन समाजवादी र माओवादीलाई एमालेले हात फैलाएको पनि बताए।
इलाम सदरमुकाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले भने ‘समाजवादको यात्रामा हिँडेको बताउने ती दल ९समाजवादी र माओवादी० शेरबहादुरजस्तो अक्षम व्यक्तिको पछि लागेर कहाँ पुग्ने हुन्, थाहा छैन। उनीहरूले त्यही बाटो अवलम्बन गरिरहे ठूलो दुर्घटना खेप्नुपर्ने निश्चित नै छ।’



उनले गठबन्धनको नाममा सबै शक्तिहरु एमालेविरुद्ध एक हुन खोज्नु पार्टी बलियो रहेको प्रमाण भएको बताए। उनले एक्ला एक्लै चुनाव लड्दा एमाले नै पहिलो दल हुने देखेर अन्य दलले गठबन्धन बनाइरहेको पनि बताए।
एमालेलाई कमजोर बनाउन दृश्यरअदृश्य शक्तिसमेत लागिरहेको उनले बताए। ‘एमाले विरुद्धको गठबन्धन बनाउन दल मात्रै लागेका होइनन्, दृश्यरअदृश्य शक्तिसमेत हामीविरुद्ध लागेका छन्।’ उनले भने, ‘एमालेलाई एक्लै जित्न सकिँदैन भनेरै अरू दल गठबन्धन बनाउँदै छन्।’
भट्टराईले आउँदो प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई हराउँदै एमाले देशको पहिलो शक्ति हुने दाबी गरे। उनले आगामी निर्वाचन एमालेका लागि अवसरसमेत भएको बताए।
‘एमाले बलियो भएको प्रमाण त अन्य दलले दिएकै छन् अब एमालेलाई पहिलो दल हुन कसैले छेक्ने अवस्था छैन।ु उनले भने।