मूल्यवृद्धि विरुद्ध एमाले इलामको विरोध प्रदर्शन

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःनेकपा एमाले इलामले अनियन्त्रित महँगी र पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै विरोध प्रदर्शन गरेको छ । नेकपा एमाले इलामको आयोजनामा भएको विरोध कार्यक्रममा इलामको ठुलो टुँडिखेलबाट ¥याली निकाली चोक बजारमा कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेकपा एमाले इलामका उपसचिव रविन्द्र सुवेदीले वर्तमान सत्ता गठबन्धनले नागरीकको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिरहेको भन्दै यसको विरोधमा नागरिक सडकमा उत्रनु पर्ने बताए ।

दैनिक उपभोग्य वस्तुको मूल्य गत आर्थिक वर्षको भन्दा दोव्बर भएको हुँदा मूल्यवृद्धिले सर्वसाधारणलाई मारपरेको भन्दै जनता सडकमा उत्रनु पर्ने र त्यसको अगुवाई नेकपा एमालेले गर्ने बताए । मूल्य वृद्विले जनताको दैनिकीमा असहजता पैदा गरेको भन्दै सरकारको आलोचना गरिएको थियो । सरकारले जनताको समस्याको उपहास गर्दै यति धेरै मात्रामा गरेको मूल्य वृद्विले जनताहरु मारमा परेको भन्दै तत्काल मुल्य घटाउनु पर्ने माग रहेको छ ।

खानेतेल, पेट्रोल, डिजेल जस्ता वस्तुको मूल्यवृद्धिले नागरीकको ढाड सेक्ने काम भएको भन्दै यसले नागरीकलाई थप पिडा बनाउनुका साथै केही सिमित व्यात्तिको जिवनस्तर उकास्न सरकार लागेको आरोप लगाए । सभामा नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेत, केन्द्रीय सदस्य तारा गुरुङ र प्रदेश सदस्य गणेश बरालसहित नेकपा एमालेका सम्पूर्ण भातृ संगठन र सर्वसाधरणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय