आदिवासी जनजाति योगदान पुरस्कार जवेगुलाई

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ ९फोनिज० इलाम शाखाले अग्रज पत्रकार सटेन्द्र जबेगुलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार प्रदान गरेको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका जबेगुलाई फोनिजको २३ औं स्थापना दिवसको अवसर पारेर १० हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।

जिल्ला समन्वय समितिको समिक्षालयमा आयोजित कार्यक्रममा जिसस प्रमुख जय प्रकाश राई र इलाम नगर प्रमुख केदार थापाले सम्मानित जवेगुलाई नगद सहित दोसल्ला र प्रमाणपत्र हस्तान्तरण गरे । जबेगुले संस्थाको आर्थिक कोष वृद्धिका लागि नगद राशी संस्थाकै अध्यक्ष राम योङहाङलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा स्थानीय तहको निर्वाचनमा बिजय हासिल गरेका र निजामती कर्मचारी रहेका फोनिजका सदस्यहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सूर्योदय नगरपालिका प्रवक्ता ख्याम भुजेल, सन्दकपुर गाउँपालिका–५ का वडा सदस्य कुमार गुरुङ, कर्मचारीहरु सुमन लिम्बु र अशोक लिम्बुलाई सम्मान गरिएको हो ।

त्यस्तै फोनिज झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृती वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार भीमा शिवाकोटीलाई प्रदान गरेको छ । २०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पूर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत हुन् ।

पुरस्कारको राशी नगद २५ हजार रुपैंयासहित ताम्रपत्र रहेको छ । त्यसैगरी उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्वाददाता बिष्णुकुल श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बूलाई पुरस्कृत भएका छन । सो पुरस्कारको राशी जनही ५ हजारसहित प्रसंशा पत्र रहेको छ ।

२०६६ सालमा स्थापना भएको डिकमान विरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्बाङ, माधव विद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय