अब कसरी अघि बढ्छ राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक?

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्न भन्दै संघीय संसदमा फिर्ता पठाइदिएकी छन्। संविधानको धारा ११३ मा राष्ट्रपतिले संसदबाट प्रमाणीकरणका लागि प्राप्त भएको विधेयक पुनर्विचार गर्न फिर्ता पठाउन सक्ने व्यवस्था गरेको छ।

राष्ट्रपतिले फिर्ता गरेको विधेयक प्रतिनिधिसभामा पेस हुनेछ। प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार अब सभामुखले विधेयक पेस गर्दा राष्ट्रपतिले फिर्ता गर्दा पठाएको सन्देशसमेत सुनाउनुपर्नेछ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले मुख्यतया दुई वटा विषयमा चासो देखाएकी छिन्।

पहिलो, संविधानको धारा ११ को उपधारा ६ अनुसार वैवाहिक अंगिकृत नागरिकताको विषयमा ऐनले कुनै व्यवस्था नगरेकोमा राष्ट्रपतिले चासो देखाएकी छिन्। संविधानको धारा ११ को उपधारा ६ मा ुनेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेु उल्लेख छ।

राष्ट्रपतिले यो उपधारा अनुसारको कुनै व्यवस्था सरकारले ल्याएको विधेयकमा नगरिएको भन्दै प्रश्न उठाएकी हुन्। उपधारा ६ ले संघीय कानून बमोजिम हुने भनेर किटान गरेको अवस्थामा केही पनि विषय नछोइएकोमा राष्ट्रपतिले पुर्नविचार गर्न आग्रह गरेकी हुन्।

दोश्रो, महिलाले आफ्ना सन्तानलाई नागरिकता दिदाँ स्वघोषणा गर्नुपर्ने प्रावधान माथि पनि पुर्नविचार गर्न संसदलाई सुझाएकी छिन्। उनले अन्य कतिपय विषयमा समेत बुदाँगत रुपमा पुर्नविचारका लागि संसदको ध्यानाकर्षण गराएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिले फिर्ता पठाएको विधेयकमाथि प्रतिनिधिसभा बैठकमा पुनर्विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुने जानकारी दिए।

‘राष्ट्रपतिले किन फिर्ता गर्नुभयो भन्ने सन्देश प्राप्त भएको छैन,’ योगीले भने, ‘उक्त सन्देशसहित पुनर्विचार गर्ने प्रस्ताव बैठकमा पेस हुन्छ।‘

यस्तो छ संविधानको प्रावधान

फिर्ता भएको नागरिकता ऐनको पहिलो संशोधन विधेयकमाथि पुनस् प्रतिनिधिसभामा छलफल हुनेछ। छलफलपछि विधेयकलाई सम्बन्धित समितिमा पठाउन सकिन्छ। सरकारले यो विधेयक छलफलका लागि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पठाउने प्रस्ताव राखे विधेयकमाथि समितिमा छलफल र संशोधन हुन सक्नेछ। यस्तो प्रक्रिया केही लामो हुनेछ।

सरकारले नागरिकता विधेयक प्रतिनिधिसभाको पूर्ण बैठकबाटै छिटो छिटो पारित गरेकाले फिर्ता आएको विधेयक फेरि पनि प्रतिनिधिसभाको पूर्ण बैठकबाटै अघि बढाउन सक्छ। यस्तोमा अब पुनस् विधेयकमा सैद्धान्तिक छलफल हुनेछ। त्यसपछि सांसदहरूले संशोधन दर्ता गराउन पाउनेछन्। संशोधनमाथि प्रतिनिधिसभा बैठकमा दफावार छलफल हुनेछ। त्यसपछि विधेयक पारित हुने नहुने निर्णयार्थ पेस हुनेछ।

विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुग्नेछ। राष्ट्रियसभाले पनि यसअघि पूर्ण बैठकबाटै विधेयक पारित गरेर अघि बढाएकाले यसपटक पनि पूर्ण बैठकबाटै छलफल गरेर अघि बढाउन सक्नेछ।

राष्ट्रियसभामा पनि सैद्धान्तिक छलफल हुनेछ। त्यसपछि राष्ट्रियसभाका सांसदहरूले संशोधन हाल्न पाउनेछन्। संशोधन प्रस्तावहरूमाथि दफावार छलफल भएर निर्णयार्थ पेस हुनेछ। यसरी राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा जानकारी गराएपछि विधेयक दोस्रोपटक सभामुखले राष्ट्रपतिकहाँ पठाउने छन्।

राष्ट्रपतिले एकपटक फिर्ता गरेको विधेयक दोस्रोपटक फिर्ता गर्न पाउने छैनन्। त्यसैले दोस्रोपटक प्रतिनिधिसभाबाट पुगेको विधेयक राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्नेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि राहदानी विधेयक प्रतिनिधिसभामा फिर्ता गरिदिएकी थिइन्। त्यति बेला केपी ओली नेतृत्वको सरकार र कृष्णबहादुर महरा सभामुख भएकै अवस्थामा राष्ट्रपतिले विधेयक फिर्ता गरेकी थिइन्।

यसरी फिर्ता भएको विधेयक प्रतिनिधिसभाले पुनर्विचार गरेर राष्ट्रियसभामा पठाएको थियो। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलका अनुसार त्यसरी प्राप्त भएको राहदानी विधेयकमा राष्ट्रियसभाको समितिले छलफल तथा संशोधन गरेको थियो।

‘राष्ट्रियसभाले संशोधन गरेर पठाएको विधेयकलाई प्रतिनिधिसभाले स्वीकार aगरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो,’ फुयाँलले सेतोपाटीसँग भने, ‘त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको हैसियत प्राप्त गरेको थियो। उक्त कानुन अहिले लागू भइराखेको छ।‘

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेपछि कसले के भनेः

विगतमा आस्था राख्ने पार्टीसँग राष्ट्रपतिको धारणा मिल्नु दुःखद( वर्षमान पुन

नागरिकता विधेयक फिर्ता पठाउने राष्ट्रपतिको निर्णय उचित( एमाले

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुनु दुर्भाग्यपूर्णस् कांग्रेस प्रमुख सचेतक यादव

राष्ट्रपतिको कदम नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र( उपेन्द्र यादव सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय