कबिताः किनिएकी सामान (वेश्या)

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

न त म शालिक हु ।
न म जिउँदै जस्तो छु ।
मेरो व्यापार हुन्छं ।
म किनिन्छु क्षणको लागि

म को हो?
सोध्ने कारण छैन
सुन्न कोही चाहदैन ।

सूर्य अस्त सँग , मस्त हुन्छं यो
समाज , उर्फ पुरुषको समाज

घण्टाको हिसाब
दिनको हिसाब अनि
रातको हिसाब
कति ?

म गज्जबको night view हु
अनि तपाईं हरु क्यामेरा
फोकस म माथी

हरदिन च्यातिनु , लुछिनु
बिहान सङ्गै सजिएर टालिनु
र सम्हालिनु ।

म सितन हु
समाजमा ओहदा ओगटेकाहरुको
नसाको, प्यासको
मदिरा भन्दा अलि मिठो स्वादको

धेरै खोल ओढेका हरुको
औकात नङ्ग्याएको छु मैले

धेरैको भोक बन्द कोठामा
म सँग मेटाइएको छ
जब उज्ज्यालोमा उ निस्किन्छ
म ढाकिन्छु लुक्छु , जुन सरि

मायाको बहाना मा लुटिए
छायाँ दिने सँग लुटिए

म फुल हु , फुल्न चाहेकी
तर विवशताको असिनाले चुटीएकी

म खेल हु ,जो कोही खेल्न सक्ने
खेलाडी भन्दा बदनाम हुने खेल हु म

म डसना सरि ओछिएकी हुन्छु
आजकल मन देखि
आफैले आफैंलाई
म घृणा गर्छु

आफैले आफैंलाई
चिनाउन मान्दैन

म स्वयम् आजकल आफैलाई
अँगाल्न रहर छैन ।

देखिने सुन्दरता र बनोट मा सुन्दर छु
तर दिएको सुन्दरता र आवरण एक सिनो

आउँछन् दिनभर
हराएका गिँद्ध हरु
अनि निर्मम लुछेर जान्छन्
म सिनो लाई
मसिनो स्वाद
आउदा सम्म

म बजारमा मुल्यमा
बिक्ने माल हु
क्षणिक माल
कोही समाल्न
चाहदैन
किन् की म बेशया हु ।
बेस नहुने यहाँ

खगेन गौतम
माईजोगमाई गाउँपालिका वडा नं ५ सोयाङ,इलाम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय