संगीत क्षेत्रको विकास गर्न सूर्योदयका कलाकारले संस्था निर्माण गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः सूर्योदय नगरपालिका कलाकार समुहको तेश्रो बैठक सम्पन्न भएको छ । समुहका अध्यक्ष मानसिङ थुलुङको अध्यक्षतामा सम्पन्न बैठकले तदर्थ समिति निर्माण गर्ने, संस्था नामाकरण गर्ने तथा विधान मस्यौदा निर्माण उपसमिति गठन लगायतका महत्वपूर्ण निर्णय गरेको समिति सदस्य प्रविन विसीले जानकारी दिएका छन्। बैठकले सूर्योदय नगरपालिका भित्र रहेर गीत संगीतमा रुचि राख्ने कलाकारहरूलाई समावेश गराई तदर्थ समिति गठन गरेको हो। मानसिङ थुलुङको अध्यक्षतामा गठित उक्त समितिको उपाध्यक्षमा कुबेर राई, सचिव बृष प्रधान, उपसचिव चन्दन किशोर लिम्बू, कोषाध्यक्ष नम्रता नेपाल रहेका छन् । अन्य सदस्यहरूमा गायत्रा देवी ओली,सन्तोकी तामाङ,प्रबीन बिसी, रगुन गुरुङ, तुलसी क्षेत्री, किरण योन्जन, भुपेन्द्र राई, सोनिका राई,सपना थापा,कृतिका राई,पुजन प्रधान र लेखबीर मुखिया रहेका छन् । त्यसैगरी बैठकले संस्थाको नाम पन्चम संगीत प्रतिष्ठान नेपाल राख्ने निर्णय गरेको छ। बैठकले मानसिङ थुलुङको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा निर्माण उपसमिति चयन गरेको छ। समितिका सदस्यहरूमा बृष प्रधान, तुलसी क्षेत्री,चन्दन किशोर लिम्बू र जहरसिंह राई रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय