प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले गरे जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन २०७९ बमोजिम जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण अवलोकन सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय इलाम आएका प्रहरी अधिकृत सहितको केन्द्रिय मुल्याङकन टोलीले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण अवलोकन गरेको हो । निरीक्षणकै क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले जिल्लामा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन समेत दिनु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय