अभियान लिएर इलामका जनतासंग गएको कांग्रेस भित्र झगडा, महाधिवेशन प्रतिनिधिमाथि हात हालाहाल

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

तारा थापाको फेसबुकमा लेखिएको
मङ्गलवारेः ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तरगत इलामको निर्वाचन क्षेत्र न २ मा आयोजित कार्यक्रममा सोमबार हात हालाहाल भएको छ । कार्यक्रम सञ्चालन भएकै स्थानमा नेताहरूबिच हात हालाहाल भएको हो । पार्टीका महाधिवेशन प्रतिनिधि तारा थापाले आफूमाथि हमला भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । उनले नगर सभापति दिलीप कार्की लगायतले आफू माथि सार्वजनिक कार्यक्रममा आफ्ना विचार राख्ने क्रममा नै हमला भएको भन्दै गुनासो पोखेका छन् ।
आखिर के भएको थियो
कार्यक्रमको सुरुमा नै झगडा भएको हो । कार्यक्रममा उपस्थितहरूलाई स्वागत मन्तव्यका लागि नेपाली काँग्रेस इलाम क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश १ का सभापति गोपाल चौहानको पालो आयो । उनले कार्यक्रममा अन्तर्घाती समेत कार्यक्रममा भएको भन्दै पार्टीलाई अन्तर घात गर्नेको विरोध गरे । उनले पार्टीका अन्तर्घाती बाहिर जान भनेपछि महाधिवेशन प्रतिनिधि तारा थापा बिचमै उठेर को हो अन्तर्घाती भन्दै प्रश्न गरे । उनले को हो पाटीका नेता रु को कार्यकर्ता र को हो अन्तर्घाती भन्दै प्रश्न गरेपछि पहिला मन्तव्य सक्न अनुरोध गरियो । मन्तव्य सके लगत्तै महाधिवेशन प्रतिनिधि थापालाई कार्यक्रममा प्रवेश नभएको भन्दै एक थरीले विरोध गरे ।
विरोधपछि थापामाथि सो समूहले आक्रमणको प्रयास गर्‍यो लगत्तै दुईतर्फी झडप नै भएको थियो । पार्टी सभापति कार्की लगायतले कार बाईँमा परिसकेका मान्छेलाई कार्यक्रममा प्रवेश हुन नहुने तर्क राखे । उनले पार्टीको आन्तरिक कार्यक्रम भएकाले थापालाई यस अघि नै कारबाही गरिसकेकाले कार्यक्रम नबस्न अगाडी नै सुझाव राख्दा समेत नमानेपछि बाहिर निस्कन आग्रह गरिएको उनको भनाई छ ।
दुईतर्फी झडपकै स्थिति बनेपछि कार्यक्रम केही क्षण बिथोलिएको थियो । यता तारा थापाले आफूमाथि हमला भएपछि आत्मारक्षाका लागि आफूले पनि प्रतिकार गरेको बताएका छन् । उनले पार्टीभित्र बोल्न पाउने हक कसैले खोस्न नहुने बताए । कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले आफूमाथि हमला भएको भन्दै न्यायका लागि अपिल समेत गरे । उनले दोषी उपर कारबाही गर्न माग समेत गरेका छन् ।
देउमाई नगरपालिका सभापति दिलीप कार्कीले केही साथीहरुलाई बाहिर जानुहोस भन्दा मान्नुभएन र साथिहरुले उहाँहरुलाई वाहिर निकाल्नुभएको मात्र हो हात हालाहा नभएको बताएका छन । सन्दकपुर अनलाईन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय