इलाम क्षेत्र नं २ मा कांग्रेसबाट ७ जना सिफारिस

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम ।नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि इलामको क्षेत्र नं २ बाट ७ जनाको नाम सिफारिस गरेको छ । नेता भेषराज आचार्यलाई पहिलो प्राथमिकता दिएर ७ जनाको नाम सिफारिस गरिएको हो । क्षेत्रीय कार्यसमितिका सभापति डिकेन्द्र इदिङ्गोको अध्यक्षतामा १६ गते बैठक बसेको थियो । लामो छलफलपछि उक्त बैठकले डम्बरबहादुर खड्का, बेनुपराज प्रसाई, केशव थापा, सुजता परियार, नगेन्द्र कुमाल र रमेश लिङदेनको नाम सिफारिस गरेको हो ।

आचार्य २०७० सालको संविधासभा निर्वाचनमा इलाम क्षेत्र नं २ मा सुवास नेम्वाङसंग पराजित भएका थिए भने थापा गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनका सुवास नेम्वाङसंग पराजित भएका थिए । नेम्वाङले उनलाई ९ हजार ६ सय ५२ मतान्तरले हराएका थिए ।

यसैगरि खड्का गत २०७४ को प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका राम बहादुर मगरसंग ३ हजार ५ सय ५२ मतान्तरले पराजित भएका हुन् । उता प्रसाईले भने २०५६ सालमा नेकपा एमालेका प्रभावशाली मानिएका झलनाथ खनाललाई हराएका थिए । २०६४ र २०७० मा उनै खनाल बाट पराजय भोग्नु परेको थियो ।

परियार नेपाली कांग्रेसको तर्फबाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद बनेका थिए । कुमाललाई सांसदका रुपमा २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीले मनोनित गरेको थियो । लिङ्देन कांग्रेसको लोकपृय नेता मानिन्छन् । क्षेत्रीय कार्यसमितिले जिल्लामा कार्यसमितिलाई उम्मेदवार सिफारिस गरेको हो । सिफारिसका आधारमा जिल्ला कार्यसमितिले छलफल गरी अनुमोदन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय