
इलामः खेलकुद क्षेत्रमा बेग्लै पहिचान बोकेको इलामले थुप्रै खेल्लाडी जन्माएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल जगतमा नेपालको शिर उच्च राख्ने काम खेल्लाडीले गरेका छन् । तिनै खेल्लाडीको भिडमा एन्जिला तुम्बापो सुब्बा पनि एक हुन् । इलामको सूर्योदय नगरपालिका–११ घर भएकी एन्जिलाले यतिबेला महिला साफ च्याम्पियन लिग नेपाली राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी पाएकी छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सोमबार प्रि–म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएको जनाएको छ । नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन् ।
रेनुकाले घरेलु मैदानको साफ गुमाउने छिन् । ’मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद। त्यो विश्वासलाई गुम्न दिने छैन,’ प्रि–म्याच कन्फरेन्समा एन्जिलाले भनिन् । सन २०१४ मा श्रीलंकामा सम्पन्न भएको एएफसी यु–१४ गल्स रिजनल ट्रफी जित्दा नेपाली गोलपोष्ट एन्जिलाले सम्हालेकी थिइन् । सन २०१४ बाटै राष्ट्रिय टिममा परेकी उनी २ वर्ष बेञ्चमा नै सिमित भइन ।



सन २०१६ को सागको सेमीफाइनल खेलमा नेपालकी नियमित गोलरक्षक लिला लाम्गादेको स्थानमा गोलपोष्ट सम्हाल्दै सिनियर टिमबाट डेव्यु गरिन । एन्जिलाले ४ वर्षअघि हिरो कपमा कार्यवहाक कप्तानको जिम्मेवारी निर्वाह गरिसकेकी थिइन् । उनकै कप्तानीमा नेपालले पहिलो पटक भारतलाई महिला फुटबलमा पराजित गरेको थियो । उनी राष्ट्रिय टोलीको दशौ कप्तान समेत हुन् । विभागीय टोली एपिएफको गोलरक्षक एन्जिला इलामको सूर्योदय नगरपालिका–११ की बासिन्दा हुन् ।
इलामको तिनघरे देखी राष्ट्रिय टिम गोलरक्षकसम्म एन्जिलाको फुटबल यात्रा
नेपालकी पहिलो कप्तान हुन्, रमा सिंह । त्यसपछि क्रमश कमला हिराचन, मीरा चौधरी, पेमा लामा, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, निरु थापा, रेनुका नगरकोटीले कप्तानी सम्हालेका छन् । उपकप्तानको जिम्मा अमृता जैशीलाई दिइएको छ । नेपाल पुलिस क्लबमा आवद्ध उनी सन् २०१४ बाट नेपाली महिला राष्ट्रिय टोलीबाट खेल्दै आएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भोलिबाट सुरु हुँदैछ । फाइनल खेल असोज ३ गते हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल सहज मानिएको ’बी’ रहेको छ ।
नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ । यस्तै समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।