
फिक्कलः नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्र हर्कटेले सूर्योदय नगरपालिका वडा नं ७ अम्बी स्थित पद्म आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयको प्रथम त्रैमासिक परिक्षफल प्रकाशनको अवसरमा कक्षा नर्सरी देखि आठ कक्षा सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई कापी,कलम,पेन्सिल,लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो । अध्ययनमा थप प्रोत्साहन दिनका लागी सो कार्यक्रम गरिएको बताईएको छ । कार्यक्रम आयोजनाका लागी प्रधानाध्यापक अर्जुन बान्तवा राईले संस्थालाई धन्यवाद दिएका छन् । उनका अनुसार हाम्रो नेपाल सकोसले सूर्योदयको ग्रामीण भेगमा पहिलो कलेक्टर बेस सहकारी सञ्चालन गरेर त्यहाँका मानिसलाई बचत गर्न सहज सँगै बचत गर्ने बानीको विकास गरेको छ । कार्यक्रमका प्रमुख अतिथि शिक्षक अभभावक संघका अध्यक्ष होम बहादुर खड्काले यस्था कार्य उदाहरणीय रहेको बताए । बाल बचतको बारेमा बोल्दै बजार सहायक कर्मचारी टिका लाप्चाले बच्चाको प्रत्येक जन्मदिनमा संस्थाले केक उपहार प्रदान गर्दै आएको जनाएका छन् । ७५ महीने देखि १५ वर्षे सम्मका विभिन्न आवधिक बचत योजनाहरू रहेको उल्लेख गरे जसमा ४० प्रतिशत देखि १२० प्रतिशत सम्म बोनश रहेको बताईएको छ ।


