
इलामःइलाममा नेकपा माओवादी केन्द्रले गलत प्रचार गरेकोमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ ।आफ्नो पार्टी नेकपासंग नाम जोड्दै माओबादी केन्द्रमा ध्रुबिकरण भनेर प्रचारबाजि गरिएको भन्दै विज्ञप्ति सार्वजनिक गरिएको हो। पार्टीका जिल्ला सेक्रेटरी मौषमद्धारा हस्ताक्षरित विज्ञप्तिमा इलाम जिल्लालाई नेतृत्व बिहिन बनाउने र आन्दोलनलाई बिकृत पार्ने प्रयत्नहरु भएको आरोप छ ।
विज्ञप्तिमा भनिएको छ,“हामिले जिम्मेवारी पुर्वक ईलामका जनताहरुको बिचमा एकीकृत जनक्रान्तिका कामहरुलाई अगाडि बढाईरहेको जगजाहेर छ । एकीकृत जनक्रान्तिको प्रकृयामा विभिन्न कारण र बहाना देखांउदै ईलाम जिल्लालाई नेतृत्व बिहिन बनाउने र आन्दोलनलाई बिकृत पार्ने प्रयत्नहरु पनि भए । जनताको बिश्वासमाथी कालोपोत्ने थुप्रै मित्रहरुको पलायनताका बाबजुत ईलाममा दृढतापुर्वक एउटा पंक्ती बलिदान गर्ने तहमा तयार रहेको सबैलाई थाहा छ ।



तर, हांसोलाग्दो के छ भने प्रतिबन्धित समयमा सत्ता संग सम्झौता गरेर तात्कालिन केपि नेतृत्वको पार्टिको टीका र दोसल्ला ओड्दै गुमनाम भएकाहरु लामो समय पछि पुनस् हाम्रो पार्टी र महासचिब बिप्लवको दुहाई दिंदै माकेमा ध्रुबिकरण भन्दै हिंडिरहेको पाइएको छ । साथै आफ्नो खुट्टामा भर नभएको एउटा पंक्ती यसैमा रमाएर जनतालाई भ्रमित गर्ने खेती गरिरहेको छ । हामी विनम्रता पुर्वक यस्ता कामहरु रोक्न यस्ता गतिबिधिमा सम्लग्न कमरेडहरुलाई अनुरोध गर्दछौं ।
हामिले यो देशबाट दलाल पुजिंवादी संसदिय सत्तालाई चिहानमा गाड्ने संकल्प गरिसकेका छौं । ईलामको माटोमा हाम्रो बलिदान हामिलाई सदैब स्विकार्य छ । ईलामेली जनताको बिचमा बसेर हाम्रो पार्टिले जत्रो सुकै र जस्तो सुकै षड्यन्त्रलाई परास्त गर्ने छ । हामि पुन अनुरोध गर्छौं कि क्रान्ती र जनताको भावनालाई मजाक नबनाईदिनु होला । हामी सबै ईमानदार भए एकदिन एकैठांउ हुनेनै छौं ।”