गजल

द्वारा प्रकाशित गरिएको हो |
२०७९ आश्विन ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रतिनिधि युवा गाउँको बाटो टेकेको हुनु पर्छ
तराइ पहाड जहाँ हो त्यो, पाटो टेकेको हुनुपर्छ

आवश्यकता र महत्वलाई काँधमा काँध गर्ने
वीर सहिदको रगतको, टाटो टेकेको हुनुपर्छ ।

स्थानीय आउनु पर्छ काँधमा काँध मिलाउनलाई
अभर पर्दा भारीसँगै लठ्ठी भाटो टेकेको हुनुपर्छ

चिल्ला गाडी सुन्दर सहर कङ्क्रिटको बस्ती हैन
धूलो हिलो गाउँघरको, माटो टेकेको हुनुपर्छ ।

लेखक परिचय
नामः योगनिधी भट्टराई
ठेगानाः सूर्योदय नगरपालिका वडा नं ११ इलाम
पेशाः सूर्योदय नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख

साहित्यमा समेत रुचि राख्ने भट्टराई कार्यालय समय भन्दा अतिरिक्त गजल,कविता,मुक्तक आदि साहित्यिक विधामा कलम चलाउँदै आएका छन् । यहि असोज २ गते साँझको समयमा उनले लेखेको यो गजल राजनितीक चेतना संग सम्बद्ध छ । समाज परिवर्तनका लागी नेतृत्वदायी भुमिकामा रहने राजनितीज्ञहरुले समाजको भुगोल,अवस्था र परिस्थिति बुझेको हुनुपर्नेमा गजल मार्फत उनले सन्देश दिएका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभासदस्य निर्वाचन नजिकिँदै गर्दा जनताले चुन्ने प्रतिनिधि कस्तो हुनुपर्छ भन्ने कुरालाई भट्टराईले यस गजल मार्फत आफ्नो धारणा ब्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय