पर्यटन प्रवर्धनका लागि सूर्योदयले फोटो प्रतियोगिता आयोजना गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७९ आश्विन ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः प्रदेश नं १ कै पर्यटकीय नगरी घोषण भएको इलामको सूर्योदय नगरपालिकाले विश्व पर्यटन दिवसको अवसरमा फोटो प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दे पालिकाले प्रतियोगिताको बारेमा जानकारी गराएको हो । एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर आगामी असोज ११ गते प्रतियोगिता हुन लागेको छ। नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यहरुको पहिचानको उद्धेश्य राखेर प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका कर्मचारी सृजन गदालले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले १५ हजार, दोश्रो हुनेले १० र तृतिय हुनेले ५ हजार रुपैया प्राप्त गर्नेछन् । सूर्योदय नगरपालिकाको पर्यटन प्रर्वद्धनमा योगदान गर्न सक्ने फोटो माग गरिएको छ । सहभागीहरुले बढीमा ५ वटासम्म फोटो पठाउन सक्नेछन् । फोटोसंगै कम्तीमा ५० शब्दको विवरण समेत हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले ड्रोनबाट खिचेको तस्बिरलाई प्रतियोगितामा सहभागी नगराउने जनाएको छ । असोज ९ गते राती १२ बजेसम्म फोटो पठाउने मिति तोकिएको छ । नगरले कम फर्म भरेर फोटो पठाउन आहवान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय