फिक्कलः तङ इल मो दो इलामको अध्यक्षमा दिपक पौड्याल निर्वाचित भएका छन् । फिक्कल माध्यमिक विद्यालयमा भेला आयोजना गरि पौड्यालको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरिएको हो । उपाध्यक्ष पारस राई ,सचिव विश्वजित गुरुङ ,सह सचीव तेज कुमार राई, कोषाध्यक्ष राधिका पौडेल ,सदस्यहरुमा गोपाल आचार्य ,फडिन्द्र अधिकारी ,प्रतिमा राई,अनिषा कट्टेल ,मुना राई रहेका छन् ।
एक जना सदस्य जिल्ला खेलकुद विकास समिति इलामाबाट प्रतिनिधित्व रहेनेछन् । त्यसैगरी बिदुर पौडेलको अध्यक्षतामा ७ सदस्यीय सूर्योदय नगर समिति समेत गठन गरिएको छ । सचिव विज्ञान राई, कोषाध्यक्ष मुना पौडेल सदस्यहरु मनिषा राई, वितिषा राई, अनिशा राई र पुष्पा राई लाई चयन गरिएको छ ।
जिल्ला सल्लाहकार समितिमा तारा प्रसाद कट्टेल, रोशन श्रेष्ठ , माधव भट्टराई , दीपेन्द्र आचार्य र मातृका प्रसाद दाहाल रहेका छन् । तदर्थ समितिका अध्यक्ष विश्वजित गुरुङको अध्यक्षतामा भएको भेलामा संघका कार्यबाहक केन्द्रिय सदस्य प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाको विशेष आतिथ्यता रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै संघका कार्यवाहक अध्यक्ष श्रेष्ठले खेलकुदको दोस्रो नाम अनुशासन रहेको बताए । खेलकुदको माध्यम बाट देशको गौरव बढाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत देश चिनाउन सकिने उनले बताए । स्वास्थ्य, नैतिकवान ,अनुशासित बनाउदै देशको जिम्मेवार नागरिक बनाउन पनि खेलले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले बताए ।