सूर्योदयमा विश्व पर्यटन दिवसः उत्कृष्ट फोटो खिच्नेलाई सम्मान

द्वारा प्रकाशित गरिएको हो |
२०७९ आश्विन ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाले उत्कृष्ट फोटो खिच्नेलाई सम्मान गरेको छ । नगरपालिकाले ‘एक्सप्लोर दि अनएक्सप्लोर’ नारा राखेर फोटो प्रतियोगिताको आयोजना गर्दै उत्कृष्टलाई सम्मान गरेको हो । प्रदेश नम्बर १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदयले पर्यटन प्रवर्धनका लागी सो प्रतियोगिता आयोजना गरेको थियो ।

२८ जना फोटोग्राफरको सहभागिता रहेको उक्त प्रतियोगितामा सूर्योदय १० का निसान्त राना प्रथम हुनुभएको छ । कन्यामको रात्रीकालीन फोटो खिचेर उहाँ प्रथम हुनु भएको हो । त्यस्तै सूर्योदयकै सुन्दर मैनालीले खिच्नु भएको कन्याबाट देखिने हिमालको दृश्य सहितको फोटोले दोस्रो स्थान पाएको छ । झापा मेचीनगरका चराखोजकर्ता देवेन खरेलले सूर्योदय १ को सिमधापमा खिच्नु भएको बिश्वमै दुर्लभ हङ्ग्रायोको फोटोले तेस्रो स्थान पाएको छ । पहिलो , दोस्रो र तेस्रो हुनेलाई क्रमस १५ हजार , १० हजार र पाँच हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागीले फोटोसंगै कम्तीमा ५० शब्दको विवरण समेत लेखेर वर्णन पठाएका थिए । नगरका इन्जिनियर सिर्जन गदालले नयाँ पर्यटकीय गन्तब्यलाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनु भयो ।

नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संबिधान सभा सदस्या सूर्यवाला राईले स्थानीय पालिकाहरुले पर्यटनमैत्री नीति बनाएर पालिका पालिका बिचमा सहकार्य गर्नु पर्ने बताउनु भयो । उहाले कन्याम सहितका पर्यटकीय चिया बगान भारतीय कम्पनीलाई लिजमा दिनु दुखद भएको बताउदै सरकारले आफनो स्वामित्वमा लिनु पर्ने बताउनु भयो ।

नगर प्रमुख राईले प्रदेश १ सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरेपनि पर्यटकीय नगरीको नीति निर्माण गर्न वाँकी रहेको बताउनु भयो । उहाले पर्यटन प्रवर्धन गर्न बिकास निर्माण गरेर मात्र नहुने भएकाले स्थानीय रितिरिवाज र रहनसहन बचाउन सक्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘अव संरचना निर्माण गरेर मात्र हुँदैन, संरचना निर्माण पछि ती ठाउँको आर्थिक सामाजिक रुपान्रण हुनु पर्छ ।’नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सूर्योदयले पूर्वी पहाडकै पर्यटनको नेतृत्व गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘पर्यटन ब्यवसायलाई पुर्न बिचर गरी दिगो ब्यवसाय बनाउनु पर्छ ।’

कार्यक्रममा पत्रकार केदार शर्माले पर्यटकीय गन्तब्य धेरै भए पनि इलामले अतिथि सत्कारमा ध्यान दिन नसकेको बताउनु भयो । पत्रकार शर्माले भन्नु भयो‘इलाम आएका पर्यटकलाई न्यानो आतिथ्यतामा जोड्न सक्नु पर्छ ।’

बिश्व पर्यटन दिवसको अवसरमा नगरले कन्याम , अन्तु, फिक्कल, लगायतका स्थानमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो । नगरमा कन्याम, अन्तु, बुद्धपार्क , स्वामीपार्की , चित्रे गुम्बा , गुफापाताल लगायतका दर्जनौ पर्यटकीय स्थल रहेका छन् । यस अघि नै प्रदेश १ सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरीसकेको छ । कन्याम अन्तुमा बाह्रै महिना पर्यटकको घुईचो लाग्ने गरेको छ । स्वदेशी पर्यटकको रोजाईमा परेका कन्याम , अन्तुमा पर्यटन ब्यवसाय समेत फस्टाउदै गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय