सूर्योदय ९ को आयोजनामा शुभकामना आदानप्रदान संगै सम्मान कार्यक्रम

द्वारा प्रकाशित गरिएको हो |
२०७९ आश्विन १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः सूर्योदय नगरपालिकाको ९ नम्बर वडा कार्यालयले शुभकामना आदानप्रदानको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। नेपालीहरुको महान पर्व विजयादशमी,शुभ दिपावली एवम् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रमको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो ।

वडाले ९२ बर्षिया ज्येष्ठ नागरिक गौरी प्रधान,राम कुमारी सुजी दर्जी, फरक क्षमता भएकी दिपशिखा प्रधान र गोपाल पोखरेललाई सम्मान गरिएको वडाध्यक्ष देवेन्द्र शर्मा ९आचार्य० ले जानकारी दिनुभएको छ। कार्यक्रम साधारण तरिकाले आयोजना गरिएपनि सम्मान विशेषले महत्वपूर्ण बनाएको सहभागीले प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा वडा समिति,पुर्व जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका संयोजक एवम् प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। नेपालीहरुको महान पर्वहरूले वडाको समग्र विकास र समृद्धिको मनोकाङ्क्षा पूरा गरोस् भनि सहभागीले शुभकामना दिएका छन् ।

वडाबासीको हित र वडाको विकास गर्न आफु संधै जिम्मेवार भएर लागिरहेको वडाध्यक्ष आचार्यले बताउनुभएको छ। उहाँले सबैको साथ सहयोग बाट मात्र विकास सम्भव रहेकाले वडाबासी एकजुट हुनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय