“मौलिक पहिचान जोगाऔँ,लोक संस्कृति बचाउँ” भन्ने नाराका साथ सूर्योदयमा संगित प्रशिक्षण शुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७९ आश्विन २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः सूर्योदय नगरपालिकाको कर्फोकमा संगित प्रशिक्षण शुरु भएको छ । “मौलिक पहिचान जोगाऔँ,लोक संस्कृति बचाउँ” भन्ने मुल नाराका साथ नृत्य,गायन,नाटक,बाँसुरी,मादल, गितार जस्ता सांगितिक विधाहरुमा प्रशिक्षण शुरु भएको हो । कर्फोक विद्या मन्दिरको आयोजना र नगरपालिकाको संयोजनमा मंगलबार उत्घाटन गरिएको प्रशिक्षण कार्यक्रम कात्तिक २ गते समापन गरिने कार्यक्रमका संयोजक भुपेन्द्र राई जानकारी दिए । कर्फोक माविका ब्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएका राईका अनुसार संगितमा रुचि राख्ने नगरपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहने छ । एउटा विधा बराबर ३ जनाका दरले एक विद्यालयबाट १८ जना सम्म सहभागि गराईने लक्ष्य रहेको उनले जनाएका छन् ।

सहभागिलाई सांस्कृतिक संस्थान काठमाडौँका प्रशिक्षकहरुले प्रशिक्षण गराउने छन् । उनिहरुलाई प्रशिक्षकहरु दुर्गा प्रसाद खतिवडा,तिर्थराज पोख्रेल,माया थापा,नरेश प्रजावती,राम भजन कामत लगायतले प्रशिक्षण गराईरहेका छन् । संगितका विभिन्न विधामा इच्छुक रहेका र सम्भावना बोकेका कलाकारहरुलाई थप शसक्त र क्षमतावान बनाउन कार्यक्रमको आयोजना गरिएको बताईएको छ । कार्यक्रममा नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयहरु सहभागि हुनेछन् ।

सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यता रहेको उत्घाटन कार्यक्रममा १२ नम्बर वडाका अध्यक्ष डोलेन्द्र भार्ध्वजको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं ११ का सदस्य सन्तोष राई,१२ का सदस्य सरण लिम्बु, शिक्षा युवा तथा खेलकुद शाखा सूर्योदयका प्रमुख योगनिधि भट्टराई, कर्फोक विद्या मन्दिरका प्रधानाध्यापक गणेश प्रसाद आचार्य, शिक्षक अभिभावक संघ अध्यक्ष विक्रम प्रधान लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भुपेन्द्र राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय