जनप्रतिनिधि डाँडामाथीको जुन जस्तो हुनुहुँदैनः महेश बस्नेत

द्वारा प्रकाशित गरिएको हो |
२०७९ कार्तिक १, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलः नेकपा एमाले इलामका अध्यक्ष तथा इलाम क्षेत्र नम्बर १ का संघीय सासंदका उम्मेद्वार महेश बस्नेतले जनप्रतिनिधि मतदाताले भेट्न–छुन नसक्ने डाडाँमाथीको जुनजस्तो हुन नहुने बताएका छन् । नेकपा एसका सम्मानित नेता झलनाथ खनालसंगको प्रतिष्पर्धामा उत्रिएका एमाले उम्मेद्वार बस्नेतले सूर्योदयको फिक्कलमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा जनप्रतिनिधि मतदाताको पहुँचमा हुनुपर्ने बताएका हुन् ।

प्रत्यासी उम्मेदवार खनालप्रति शंकेत गर्दै बस्नेतले खनाल डाडामाथीको जुन जस्तो मतदाताको पहुँचमा नभएको बताएका हुन् । ३० वर्षदेखि निरन्तर इलामको निर्वाचन क्षेत्र नम्बर एकबाट निर्वाचित हुँदै आएका खनाल निर्वाचित भएपछि कार्यकर्ताले अबिरपनि लगाइदिन नभ्याउँदै काठमाडौं फर्किने र अर्को चुनाव अघिसम्म आफ्नो क्षेत्रका मतदाता सामु देखापनि नपर्ने गरेको बस्नेतको भनाई छ ।

‘चुनाव जितेपछि अबिरपनि लगाउँन नपाउँदै काठमाडौं गयो, कार्यकर्तालाई अर्को चुनावमा आउदिन भनेर घुक्र्यायो’, एमालेमा हुँदा खनालको गतिविधि सम्झिदै बस्नेतले भने,‘चुनावै पिच्छे अन्तिम पटक भन्दै उम्मेद्वार बनेर आयो ।’
एमाले उम्मेदवार बस्नेतले भने आफुँ खनालजस्तै डाडामाथीको जुन हुँने उम्मेद्वार नभएको बताए । ‘हामी मतदाताको पहुँचबाहिर हुँने डाँडामाथीको जुन जस्तो हुँन निर्वाचनमा होमीएका होइनौ, हामी मतदाताको शुख दुःखको सारथी हुँन मतदाता माझ आएका हौ’, बस्नेतले अघि भने,‘शुख दुःखमा सारथी हुँने जनप्रतिनिधि मतदाताले चाहान्छन्, कसैको पेलाईमा पर्दा, कसैले दुःख दिदा जनप्रतिनिधिले साथ दिओस भन्ने चाहाना हुन्छ, हामी मतदातालाई शुख दुखको सारथी भएर काम गर्छौ ।’

लामो समयदेखि झलनाथ खनालाई निर्वाचित गराएको माफि माग्दै कार्यकर्ता मतदाताको घरमा पुग्नुपर्ने अवस्था रहेको बस्नेतको भनाई छ । ‘हामिले ३० वर्ष निर्वाचित गराएको प्रतिनिधिले केही पनि गरिदिएनन् भनेर एमाले कार्यकताले माफ माग्नुपर्ने अवस्था छ’, उनले थपे,‘यत्रो ३० वर्षमा देखाउन लायक केही काम गरेको भए हुने नि, तर गरिदिएनन् अहिले हामीले माफ माग्नुपर्ने अवस्था बन्यो ।’

कार्यकर्ता घेटघाटमा इलाम एक ‘ख’ बाट प्रदेशसभाको लागि मनोनयन दर्ता गराएका दिपक थेवेले मेयरको रुपमा आफुँले पाँच वर्षमा गरेको कामबाट जनता लोभिएको बताए । त्यसबाट आफुँ निकै उत्साहीत भएको थेबेको भनाई छ । नेकपा एमाले सूर्योदय नगर कमिटी अध्यक्ष दुर्गादेवी भट्टराईको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेटघाटमा नेकपा एमाले प्रदेश किमिटिका सदस्य काजिमान कागतेले बिपक्षीहरुले पार्टीभित्र मतभेद सिर्जना गर्ने कोशीस गरेको भन्दै त्यस्तो प्रयास सफल नहुने बताए । ‘हाम्रोबीचमा मतभेद सिर्जना गरेर कसैलाई चुनाव जित्छु भन्ने लागेको छ भने त्यस्तो भ्रम आजैदेखि फाल्दिए हुँन्छ’, उनले भने,‘अब एमालेबाट को पात्र चुनाव लड्दैछ भन्ने गौण कुरा हो, चुनाव एमाले लड्दैछ ।’ नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य ध्रुव श्रेष्ठले एमालेले चुनाव जित्दा मात्रै मुलुकको विजय हुने बताए । ‘गठबन्धनको सरकारको हविगत हेरौ, मुलुकको अवस्था विग्रदो छ’, एमाले नेता श्रेष्ठले भने,‘अब एमालेले चुनाव जिते मात्रै मुलुकले जित्छ, एमाले हारे मुलुकले हार्ने हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय