चर्चित गायक रगुन गुरुङ्गको ‘तिम्रो मुस्कान भित्र मेरो जिवन’ सार्वजनिक (भिडियो सहित)

द्वारा प्रकाशित गरिएको हो |
२०७९ कार्तिक १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामे भुमिका चर्चित गायक रगुन गुरुङ्गले नयाँ सांगितीक कोशेली सार्वजनिक गरेका छन् । तिम्रो मुस्कान भित्र मेरो जिवन शिर्षकको गित आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । कमला राईको शब्द र रुविन जोएको संगित रहेको उक्त गितमा रगुनको एकल आवाज सुन्न सकिन्छ । गजल विधाको उक्त गितले प्रेमिल भाव दर्शाएको छ ।

सूर्योदय नगरपालिको बरबोटेलाई कर्मथलो बनाएका रघुन गायन क्षेत्रमा लामो समय देखि क्रियाशिल छन् । गायक गुरुङले इलाममै बसेर भए पनि देश बिदेशका स्रोता , दर्शकलाई मनछुने गीत उत्पादन गर्न सकिने बताए।

शिक्षणबाट कमाएको पैसा संगीतमा खर्च गरेर संगीत साधना गरिरहेका उनलाई एल्बम विक्रीबाटै खर्च उठाइएला भन्ने आशा छैन ।०६२ सालमा ‘अल्झियौ अड्कियौ यो मन भित्र किन, सम्झनाको तरेलीमा तिम्रो तस्बिर किन हौ किन’ बोलको गीत रेकर्ड गराएर औपचारिक रुपमा सांगीतिक यात्रा शुरु गरेका गुरुङ्गले संगितको औपचारिक शिक्षा नलिएपनि गायकीकै कारण संगीतप्रमीहरुका प्रिय बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय