सामुदायिक विद्यालयप्रती आकर्षण बडाउन बाल बचतमा अनुदान

द्वारा प्रकाशित गरिएको हो |
२०७९ कार्तिक २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
फिक्कल,२५ कात्तिक, (रासस) ः इलामको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको बचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विद्यालय छोड्ने दर घटाउन र आधारभूत तहको अनिवार्य र निशुल्क शिक्षा प्रभावकारी बनाउन यो अवधारणा ल्याईएको नगर प्रमुख रण बहादुर राईले बताउनुभयो । बिहिबार कार्यक्रमको उत्घाटन गर्दै राईले भन्नुभयो, “सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षित गर्दै कक्षा ८ सम्मको पढाईमा निरन्तरता दिन यस अवधारणाले मद्धत पुर्याउनेछ ।”

अवधारणा अन्तर्गत विद्यार्थीले थोरै रकम आफैँ बचत गरि खातामा जम्मा गर्नेछन् । त्यसमा केहि रकम नगरले अनुदान दिनेछ । नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले भन्नुभयो, “जुन बैँकमा बालबालिकाको खाता खोलिएको हुन्छ, उक्त बैँकले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्चिनुपर्ने रकम सोही खातामा लगाईदिने गरि नगरपालिकाले बैँकलाई आग्रह गर्नेछ ।” नगरपालिका र बैँक मार्फत पाउने अनुदान विद्यार्थीले कक्षा ८ उत्तिर्ण गरेपछि मात्र प्राप्त गर्ने नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार, “विद्यार्थीले दिनहुँ ५–१० रुपैया अथवा मासिक यथासक्य रकम जम्मा गर्नेछन् ।”

यस कार्यक्रमले बालबालिकामा बचत गर्ने बानिको विकास हुने,उच्च शिक्षा अध्ययनको बेला खर्च सघाउ हुने जस्ता उद्धेश्य बोकेको छ । नगरप्रमुख राई भन्नुहुन्छ, “बालबालिकाले धेरै लगानि गर्नुपर्दैन यसमा नगरपालिकाले बोनस वा थप ब्याजदरका रुपमा अनुदान दिन्छ । तर ८ कक्षा अघि नै कोही विद्यार्थी निजी अथवा अन्य पालिका जान्छ भने त्यो अनुदान उसले पाउँदैन ।”

नगरपालिकाको २४ सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म ४ हजार ५ सय २१ बलबालिका छन् । जस्मध्ये कक्षा छोड्ने विद्यार्थीको दर ३ प्रतिशत रहेको शिक्षा शाखा प्रमुख भट्टराईले बताउनुभयो । दिर्घकालिन उपलब्धिका रुपमा बालबालिका माथी लगानी बडाउँदै आएको ‘सूर्योदय’ प्रदेश नं १ को तेश्रो र जिल्लाको पहिलो बालमैत्री नगरपालिका पनि हो । from rss

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय