इलाम १ मा गठबन्धनका खनाललाई पछि पार्दै एमालेका बस्नेतको शुरुवाती अग्रता

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
फिक्कल,५ मङ्सिर ः इलाम क्षेत्र नं १ मा नेकपा एमालेका महेश बस्नेतले शुरुवाती अग्रता लिनुभएको छ । सोमबार अपराह्नबाट शुरु भएको गणना जारी छ । साँझ ५ः३० बजे निर्वाचन कार्यलयले दिएको जानकारी अनुसार २६८९ मतगणना हुँदा नेकपा एमालेका उम्मेद्वार बस्नेतले १२५८ मत प्राप्त गर्दा नेकपा एसका झलनाथ खनालले १०४१ मत प्राप्त गर्नुभएको छ । खनाल गठबन्धनको साझा उम्मेद्वार हुनुहुन्छ ।

आईतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनमा इलामबाट एक लाख २९ हजार १ सय ७५ मत खसेको थियो । यो कुल मतदाता संख्याको ५७.७७ प्रतिशत हो । जस्मध्ये पुरुषतर्फ ६८ हजार ४ सय ५८ र महिलातर्फ ६० हजार ७ सय १७ ले मतदान गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिनुभएको छ । २ लाख २४ हजार ८ सय ७७ मतदाता संख्या रहेको इलाममा १ सय ५० मतदानस्थल र १ सय ३६ मतदान केन्द्र रहेका छन्

प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ इलामबाट खनाल र बस्नेत सहित जनता समाजवादी पार्टीका कमल कुमार राई,राष्ट्रिय प्रजातन्त्र पार्टीका तारानाथ सापकोटा,नेपाली कांग्रेस (बिपी) का गणेश प्रसाद पौडेल, राष्ट्रिय जनमक्ति पार्टीका पदम बहादुर लिम्बु,मंगोलनेशनल अर्गनाईजेशनका बुद्धलाल मेचे,संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका जितकुमार मुखिया र अन्य स्वतन्त्र उम्मेद्वार निमातेन्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मि, विक्रम पान्डे रहनुभएको छ ।

यस निर्वाचन क्षेत्र अन्तर्गत सूर्योदय नगरपालिका,माईजोगमाई गाउँपालिका,सन्दकपुर गाउँपालिका,रोङ गाउँपालिका, इलाम नगरपालिका वडा नं १० र माई नगरपालिकाको ७,८,९ बाहेक सबै वडां पर्दछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय