इलामबाट प्रदेशसभामा रामबहादुर मगरको दोश्रो इन्ट्री

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलाम क्षेत्र नं २ को २ बाट प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका रामबहादुर मगर निर्वाचीत बनेका छन् । उनि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा इलामबाट जित्ने पहिलो व्यक्ति बनेका हुन् । इलामको राजनीतिमा उनी राम रानाको नामबाट चिनिन्छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएर इलाम–२ को १ बाट बिजयी भएका उनी यस पटक क्षेत्र परिर्वतन गर्दै इलाम–२ को २ बाट निर्वाचित भए ।

बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार हर्क लावती कान्छालाई २ हजार ५७८ मतान्तरले हराउँदै प्रदेशसभामा रानाको दोश्रो पटक इन्ट्री गर्ने अवसर पाए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाट विद्यार्थी राजनिती सुरु गरेका रानाले २०३७ सालमा इलाम जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्ययनको सिलसिलामा राना २०४३ सालको महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सभापती निर्वाचित भएका थिए । २०४४ सालको अनेरास्ववियुको केन्द्रिय सदस्य बनेका राना इलाममा युवा संघको स्थापना हुँदा संस्थापक सचिव जस्तो पदमा निर्वाचित भएका थिए ।

अघिल्लो निर्वाचनमा उनले जारी प्रतिनिधिसभाको निर्वाचनमा सुवास नेम्वाङका प्रतिद्धन्द्धी बनेका कांग्रेस नेता डम्बर खड्कालाई ३ हजार ५ सय ५२ मतान्तरले हराउँदै पहिलो पटक प्रदेशसभामा इन्ट्री पाएका थिए । करिब २ बर्ष प्रदेश सांसद मात्र रहेका उनी २०७६ माघमा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाए ।

नेकपा विभाजन पछि शेरधन राई नेतृत्वको सरकारमा २०७७ चैत्रमा उनी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका थिए । नेकपा एमाले इलाम जिल्ला इन्चार्ज रहेका राना पार्टीको १० औ केन्द्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यको रुपमा निर्वाचित भए ।

अघिल्लो पटक मन्त्री हुँदा कृषि क्षेत्रमा थुप्रै सुधार गरेका रानाको दोश्रो इन्ट्रीले कस्तो प्रभाव रहन्छ हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय