
गोबिन्द पौडेल, रोङः इलामको रोङ गाउँपालिकाका किसानले पालेको गाई बस्तुमा लम्पि स्किन डिजिज देखिएको छ । वडा न ५ को बहुबन क्षेत्रका किसानले पालेको गाई गोरुमा छालामा लाग्ने रोग देखिएपछि रोग नियन्त्रणको लागि पालिकाको पशु शाखाले तयारी थालेको छ ।
पुर्वाञ्चल क्षेत्रिय पशु सेवा ल्यावमा नमुना परिक्षण गराउन र पशु सेवा बिज्ञ केन्द्र इलामलाई आवश्यक सहयोग माग्दै रोग नियन्त्रणमा लिन एक सुचना प्रकाशित गरेको पशु शाखा प्रमुख मिग्मा रिन्जि शेर्पाले बताए ।



हाल रोङ गाउपालिका वडा न ५ को बहुवनका २४ वटा गोठहरुमा देखिएको यो रोग अत्यान्तै सक्रामक भाईरस जन्य रोग हो । पहिला अफ्रिकामा देखिएको यो रोग २०१२ पछि युरोप रसिया हुदै केहि महिना अघिमात्रै कजाकिस्थान बगलादेश भारत हुदै नेपालको झापा र मोरमा देखिएको थियो ।
गाई गोरु भैँसिहरुमा देखिने यो रोग लागेमा पशुहरुमा कचेरा,फिज र सिगान निकाल्ने,छालामा गिर्खा र घाउ आउने १०४ डिग्रि फरेनहाईट ज्वरो आउने ८० प्रतिसत दुध घट्ने गर्भ तुहिने र बाझो हुदै पशुहरु मर्ने गरेको छ ।
लामखुट्ट् झिगा,किर्नाबाट समेत सर्ने यो रोग संक्रमित पशुहरुको आवागमन ,एउटै सुईको प्रयोग र मानिसहरुको बिरामि पशुहरुसगको घुलमिलबाट निरोगि पशुहरुमा सर्ने अधिक सभावना रहेको पाईन्छ ।
यो रोगको लागि सचेत भएर नियन्त्रणमा लिन सकिने भएपनि हालसम्म उपचार भने नभएको कारण सचेत रहन किसानहरुको थप नोक्सानि नहोस भनेर गाउपालिकाले सुचना प्रकाशित गरेको पशु शाखा प्रमुख शेर्पाको भनाई रहेको छ।
रोगको सुचना पाउन साथ वडाध्यक्ष दलबहादुर पुलामीले अनुगमन गरि पशुशाखा प्रमुख मिग्मा रिन्जी शेर्पा,बद्रिगोपाल आचार्य,राकेश कुमार राउत गोपाल राई,जिवन अर्याल सहितको पशु प्राबिधिक हरुको टोलिले निशुल्क उपचार गरेको थियो ।