
इलामः मानव अधिकार मञ्च नेपाल इलामले पत्रकार भीमप्रसाद चापागाँईलाई सम्मान गरेको छ । नवौँ मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७९’ बाट इलामका पत्रकार चापागाईँलाई पुरस्कृत गर्दै सम्मान गरिएको हो । मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा सो पुरस्कार प्रदेश १ स्तरीय प्रदान गर्दै आएको छ।
७४ औँ विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार चापागाईँलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य महेश बस्नेतले १० हजार रुपैयाँको चेकसहित सम्मान पत्र प्रदान गरे । पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रदेश १ स्तरीय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको छ ।



इलाममा रहेर मानवअधिकारका क्षेत्रमा समेत कमल चलाउँदै आएका चापागाईँ नागरिक दैनिक र रिपब्लिक डेल्लीमा आबद्ध छन् । विगत १८ वर्षदेखि पत्रकारितामा क्रियाशील चापागाईँ हाल नेपाल पत्रकार महासङ्घ इलाम शाखाका सचिव हुन् ।