गोबिन्द पोडेल, रोङः २०४५ सालतिर सभवत ईलाममै पहिलोपल्ट रोङको सलकपुरमा भित्रिएको घिउफल यानै एवोकारडो अहिले जिल्लाको धेरै स्थानमा बिस्तार भईसकेको छ, तर सलकपुरमै आउने पर्यटकहरुले समेत चाख्न नपाएको गुनासो गर्ने गरेका छन् ।
पहिला एकदाना एवोकार्डो काटेर राख्दा कसैले खादैन थिए चाख्नेहरु मुख बटार्थे तर अहिले त्यसको गुण महत्व र स्वादमा रमेकाहरु खोजिखोजि खाने गरेको कारण अग्रिम रुपमा माग हुने,ब्यपारीहरुले बोट नै किन्ने र फुटकर रुपमा ब्यापक मागहुदा जति भएपनि बेलैमा सकिने गरेको सलकपुरका किसान ईश्वरी अधिकारीले बताए ।
गत बर्ष दुईवटा बोटमा जेनेतेन ८० किलो उत्पादन भएको थियो यसबर्ष सोहिबोटमा करिव दुईसय चालिस किलो उत्पादन भयो प्रतिकिलो दुईसय बेच्दापनि धरमै आएका पर्टकहरुले सके नेपाल र भारतको बिभिन्न स्थानहरुमा माग धेरै छ उत्पान नै सकियो के गर्ने अधिकारी एग्रो ववना कटेज का सचालक याम अधिकारीले बताए ।
पहिला स्थानिय समाजसेवि स्वार्गिय रोमस अधिकारीको वगानमा दुईटा बिरुवा थियो अहिले गाउ भरि सबैको वगानमा छ तर पनि खास बजार पुर्याउन सकिदैन र पुग्दैन अर्का किसान कल्पना भण्डारीको भनाई रहेको छ ।
अत्याधिक पौस्टक र प्रोटिन युक्त यो फल शुरुमा चाना काटेर रोटिमा दलेर खाने गरिएको भएपनि अहिले यसको अतिरिक्त जुस बनाएर खाने गरिएको पाईन्छ । करिव दुईबर्ष अघि रोङ गाउपालिकाले किसानको मागअनुसार अनुदानमा बिरुवा समेत बितरण गरेको थियो ।दर्जनौ परिकार बनाउन सकिने एवोकार्डो एउटै बोटमा चार पाच सय किलो सम्म फल्ने गरेको छ ।