इलामका युवा सम्मिलित टिम अनलाइन गेमिङ तर्फ फ्रिफायरमा तेश्रो

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको सूर्योदय नगरपालिकाका युवा सम्मिलित टिमले अनलाइन गेमिङ तर्फ तेश्रो स्थान हासिल गरेको छ । सुविसुद्धारा आयोजित पब्जी र फ्रिफायर अल्टिमेट ब्याटलमा सूर्योदय नगरपालिका—१० का रुपम सुनुवार, साहिल श्रेष्ठ र विशाल गुरुङको टिमले फ्रिफायरमा तेश्रो स्थान हासिल गरेको हो ।

आउट साइडर इलाइट ओपिएक्स नाम दिइएको सो समूहमा ६ जना सदस्य रहेका छन् । उनीहरुले नगद २० हजार र गिफ्ट ह्रयाम्पर प्राप्त गरे । प्रतियोगिताको उपाधि इन्डोनेसियाले जितेको छ । उसले नगद १ लाख रुपैया प्राप्त गर्न सफल रहयो । दोश्रो स्थानमा नेपालकै अनम लामा भए । उनले नगद ४० हजार प्राप्त गरे ।

प्रतियोगितामा नेपाल, इन्डोनेशिया, थाइल्यान्ड, ब्राजिल, मलेसिया, भियतनाम, सिंगापुर लगायतका मुलुकहरु सहभागि थिए । प्रतियोगिताको फाइनल राउन्डमा नेपालको १० वटा तथा इन्डोनेसिया र थाइल्यान्डको १÷१ वटा टिम पुगेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख रुपैया रहेको थियो ।

पछिल्लो समय नेपालमा अनलाइन गेमिङको क्रेज बढ्दो छ । युवा पुस्ताहरुले अनलाइन गेमिङ तर्फ अन्तराष्ट्रिय स्तरमा समेत उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय