इलाम सदरमुकाम नजिकै रहेको भालुढुङ्गा पर्यटकको रोजाइमाः यस्तो छ विशेषता…

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको भालुढुङ्गा इलाम सदरमुकाम नजिकै अवस्थित छ । स्थानीय युवाहरूको सक्रियताका कारण भालुढुङ्गालाई इलामको पर्यटनसँग जोड्न सफल भएका छन् । भालुढुङ्गा सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा स्थानीय युवाहरूले यस क्षेत्रलाई पर्यटकीयस्थल बनाउन सफल भएका हुन् ।स्थानीय युवाहरूले भालुढुङ्गा सामुदायिक पर्यटन प्रवद्र्धन विकास समिति गठन गरेर यसको प्रचारप्रसारमा लागेका थिए ।

‘हामीले धेरै प्रयासपछि सफलता पाएका छौं,’ समिति अध्यक्ष हरि गुरुङले भने, ‘इलाम आउने जो कोही पर्यटकले पनि भालुढुङ्गाको यात्रा छुटाए त्यो अपुरो हुने छ ।’
करिब १४ हेक्टर क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा प्राकृतिक सौन्दर्यताले भरिभराउ छ । पछिललो समय वनभोज, दृश्यअवलोकन मात्र हैन सुटिङ स्पर्टका रुपमा विकासित हुदैछ । इलाम सदरमुकामबाट करिब पाँच किलोमिटरको दूरी यात्रापछि पुग्न सकिने भालुढुङ्गामा सुविधा सम्पन्न ११ घरमा होमस्टेसमेत सञ्चालनमा आएका छन् ।

यहाँका होमस्टेमा स्थानीयस्तरमा उत्पादन भएको कोदो–फापरको रोटी, ढिडो, सिस्नु, मकैको भात, गुन्द्रुकको अचार एवं नेवारी र लिम्बू जातका खानाका परिकारहरू पाइने अध्यक्ष गुरुङले बताए । समितिले उक्त स्थानमा फ्रि वाइफाईको समेत व्यवस्था मिलाएको छ ।

यहाँ तीनवटा ठूला ढुङ्गा छन् । भालुढुङ्गामा वनझाँक्री बस्ने गरेको र महादेवको पाइला भएकाले यसको बेग्लै धार्मिक महत्वसमेत रहेको मान्यता छ । भालुढुङ्गा क्षेत्रमा चमेरे र ओडारे गुफा रहेको छ । उक्त गुफाभित्र छिरे आफूले चिताएको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । वन उपभोक्ता समितिकी पवित्रा ढकाल पर्यटकीयस्थलको विकाससँगै वन संरक्षणमा पनि उत्तिकै लागि परेको बताइन् । पर्यटक आवागमन भएसँगै इलाम नगरपालिकाले पत्रि यहाँ पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको नगर प्रमुख केदार थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय