साना किसान सहकारी गोर्खेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७९ पुष ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोर्खेः साना किसान कृषि सहकारी संस्था सूर्योदय नगरपालिका वडा नं १ गोर्खेको आयोजनामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । संस्थामा आवद्ध ५० बढी सेयर सदस्यहरूलाई ऋण, बचत तथा लगानीका सम्बन्धमा जानकारी गराउन कार्यक्रम गरिएको संस्थाका सह(प्रवन्धक सन्देश खड्काले जानकारी दिनुभएको छ ।

सहकारीमा जोडिएका नयाँ सदस्यहरूलाई संस्थाका सेवासुविधा, अवसर,समस्या, जटिलता, नियम(कानुन लगायतका विषयमा प्रशिक्षण गराइएको खड्काले जनाउनुभयो।

साना किसान विकास लगुवित्त वित्तीय संस्था इलाका कार्यालय विर्तामोडका प्रतिनिधि तिर्थराज ओझाले सहभागीलाई प्रशिक्षण गराउनुभएको थियो। उहाँले सहभागीलाई सहकारीको नाममा गलत फाइदा उठाउने ठगहरुबाट बच्नुपर्ने सुझाव दिनुभएको छ।

“पछिल्लो समय जताततै सहकारीको उदय भैरहेका छन् ।” उहाँले भन्नुभयो, “तपाईंहरुले सहि सहकारीको पहिचान गर्न सक्नुपर्छ। साना किसान स्थानीयस्तरमा मिलेर बनेको समुहगत एकता हो । यस्ले महिलालाई नेतृत्वदायी बनाउने देखि कृषिमा आधुनिकीकरण ल्याउन प्रयास गरिरहेको छ ।”

ओझाले अवैधानिक सहकारीहरूको प्रलोभनमा परि थुप्रै किसानहरूले ब्याजको लोभमा बचत गर्नेगरेको पाईएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो भयो । संस्थाका सेयर सदस्यले ऋण लिएर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने उहाँको सुझाव छ ।

संस्थाकी प्रबन्धक एलिना बजगाईंका अनुसार, “पछिल्लो समय सहकारीप्रति मानिसको आकर्षण बड्दै गएपनि संस्थाको सेवासुविधा बारे बेखबर हुने गरेका कारण समय(समयमा साना किसानले यस्ता कार्यक्रम गर्दै आएको छ।”

संस्थाकि अध्यक्ष सविता सुब्बाको अध्यक्षतामा आइतबार सम्पन्न कार्यक्रमको सञ्चालन सह(प्रवन्धक खड्काले गर्नुभएको थियो भने उपाध्यक्ष सन्चमाया तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय