साना किसान कृषि सहकारी गोर्खेको आठौँ बार्षिक साधारण सभा सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७९ पुष २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलः साना किसान कृषि सहकारी संस्था सूर्योदय नगरपालिका वडा नं १ गोर्खेको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । एक करोड आठ लाख ४६ हजार बराबरको आर्थिक प्रतिवेदन पारित गर्दै सभा सम्पन्न भएको संस्थाका सह प्रवन्धक सन्देश खड्काले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगर आर्थिक विकास समिति संयोजक एवं वडा नं ९ का वडाध्यक्ष देवेन्द्र आचार्यले सहकारी शिक्षा गाउँगाउँमा पुर्याउन जरूरी रहेको बताउनुभएको छ । सहकारीका फाईदा,समस्या र चुनौतीका बाबजुद समाजको अर्थपुर्ण परिवर्तनका निम्ति सहकारी संस्था जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । नाफा कमाउन मात्र नभई समाज कल्याणको समेत दायित्व हुने भएकाले स्थानीय सरकारसंग समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभएको छ । उहाँले सूर्योदयले किसानका लागि उपयोगी कार्यक्रमहरु पर्याप्त ल्याएको जनाउनुभयो ।सेक्स सिमेनको प्रयोग प्रभावकारी हुनेमा विश्वस्त रहन अपिल गर्दै आचार्यले नगरपालिकाले ल्याएको किसान लक्षित कार्यक्रम अन्तर्गत भकारो सुधार,गोठ सुधार,काउमेट वितरण, च्यापकटर वितरण लगायतका अन्य अनुदानका कार्यक्रमहरु समेत उपलब्धिमुलक बनेको बताउनुभएको छ ।

यता वडा नं १ का वडाध्यक्ष एवं वन तथा विपत व्यवस्थापन समिति संयोजक राजकुमार शेरेङ्गले वडासंग समन्वय गरि किसानका हितमा काम गर्न सहकारिलाई सुझाव दिनुभएको छ । कार्यक्रमका विशेष अतिथि रहनुभएका उहाँले अबको समय सबै एकजुट बनेर वडाको विकास र परिवर्तन गर्नुपर्ने भएकाले काम धेरै गफ कम गर्नुपर्ने बताउनुभयो ।

यसैगरि अर्का विशेष अतिथि साना किसान कृषि सहकारी संस्था पशुपतिनगरका प्रबन्धक गोपाल काफ्लेले ऋण लगानि,ब्याज,बचत जस्ता विषयमा जानकारी गराउनुभयो । काफ्लेले साना किसानको जिवनस्तर सुधार गर्न यस संस्थाले लगानिका अतिरिक्त विभिन्न प्रकारका अनुदान ल्याउँदै आएको उल्लेख गर्नुभयो ।

संस्थाकी उपाध्यक्ष सन्चमाया तामाङले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा हिमालय मा विका प्रधानाध्यापक कुल बहादुर इम्सङ,चन्द्रकला आ बि का प्र अ भिम खापुहाङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । संस्थाकी अध्यक्ष सविता सुब्बाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका लेखा संयोजक ध्रुव कुमार प्रधानले आर्थिक प्रतिवेदन पेश गर्नुभएको प्रबन्धक एलिना बजगाँईले जानकारी दिनुभएको छ । । दुई सय सेयर सदस्यको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन सह प्रबन्धक सन्देश खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय