किसान दाना उद्योगको १३औं शाखा विस्तार इलाममा

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,०२,पुष ः उपभोक्तालाई ताजा अण्डा उपलब्ध गराउन भन्दै किसान दाना उद्योगले इलाममा १३औं शाखा विस्तार गरेको छ। सदरमुकामको धोबिधारामा स्थापना गरिएको डिपोको इलाम उद्योग वाणिज्य संघ अध्यक्ष ईश्वर चिपालुले उद्घाटन गर्नुभयो।

चितवनको रत्ननगर नगरपालिका–१२ मा रहेको उद्योगले २ दिनभित्रमा इलाम, पाँचथर र ताप्लेजुङलगायत जिल्लाका उपभोक्तासम्म कुखुराको ताजा अन्डा ल्याइपुर्‍याउन सकिने उद्योगका कार्यकारी निर्देशक विपिन पोख्रेलले बताउनुभएको छ ।

चितवनबाट अघिल्लो दिन गाडीमा लोड भएको अन्डा भोलिपल्टै इलाम आइपुग्ने र उपभोक्ताले ताजा अन्डा उपभोग गर्न पाउने उद्योगका कार्यकारी निर्देशक पोख्रेलले बताउनुभयो। उद्योगको उद्देश्य नै मानिसको स्वास्थ्य ख्याल गरी स्वस्थ अन्डा उपलब्ध गराउनु रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हामी आफ्नो फार्मका कुखुरामा पनि कुनै प्रकारको केमिकल प्रयोग गर्दैनौं।’

उहाँका अनुसार चितवनमै ३० रोपनीमा फैलिएको उद्योगले ४ लाख कुखुरा पालेन गरेको छ भने प्रतिदिन करिब ३ लाख ७० हजार अन्डा उत्पादन गरिरहेको छ ।उद्योगले डिपो स्थापना गर्नुको उद्देश्य मूल्य कम गर्नेभन्दा पनि स्वस्थ अन्डा उपभोक्तालाई ताजै उपलब्ध गराउनलाई भएको बताईएको छ ।

अध्यक्ष रघुनाथ भट्टराईका अनुसार यहाँको डिपोमा ४ कर्मचारी रहनेछन्। उनीहरूले उपभोक्तालाई ‘होम डेलिभरी’को सेवासमेत दिनेछन् । यहाँको डिपोबाट पूर्वीपहाडी जिल्लामा चितवनको अन्डा पुर्‍याइने लक्ष्य राखिएको भएपनि आवश्यक भए अन्यत्र पनि डिपो स्थापना गरिने भट्टराईले बताउनुभएको छ  । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय