
इलामः इलाम नगरकपको फाइनल खेलमा दोश्रो हाफको सुरुवाती समयमा विवाद भएपछि निर्र्धारित समय अघि नै स्थगित भएको छ । दोश्रो हाफको ९ औ मिनेटमा वडा नं ३ पुवामझुवाका गोलरक्षक मौसम मगरलाई मुख्य निर्णायक राजु थापा मगरले रातो कार्ड दिएपछि खेल स्थगित भएको हो ।
वडा नं ७ विरुद्धको खेलमा शरण बस्नेतलाई गोलरक्षकले बल क्लियर गर्ने क्रममा फाउल गरेका थिए । लगतै निर्णायक थापाले रातो कार्ड दिँदै खेल महिना बाहिर पठाएका थिए । रेफ्रीको निर्णयसंगै पुवामझुवाका खेलाडी मैदान छाडेर बाहिर निस्किएपछि वडा नं ७ लाई विजयी घोषणा गरिएको थियो ।



पहिलो हाफमा दुवै टोलीले १—१ गोल गरेका थिए । खेलका १० औ मिनेटमा पासाङ शेर्पाले वडा नं ७ लाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औ मिनेटमा पुजन राईले खेल बराबरी बनाए ।
रातो कार्डको विषयमा पुवामझुवाले वन भर्सेज वानमा गोलरक्षकले वललाई पहिले क्लियर गर्ने क्रममा रातो कार्ड नहुने भन्दै खेलाडीलाई प्लेयर बक्समा बोलाएका थिए । खेलमा विवाद भएपछि पुरस्कार वितरण समारोह संचालन हुन सकेन् ।
पुरस्कार वितरण समितिले बैठक पछि निर्णय गरेर उपयुक्त समयमा वितरण गर्ने इलाम नगर खेलकुद विकास समितिका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।