
फिक्कलः सरकारले माईजोगमाई गाउँपालिका सहित विभिन्न २९ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भाग्वत प्रसाद रेग्मीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय वा अन्र्तगत प्रदेश १ मा सरुवा गरेको हो ।
रेग्मीको स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ९अतिरिक्त समुह० बाट काजीमान राई प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउनेछन् । मन्त्रालयका अनुसार कतिपय गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शाखा अधिकृतले दोहो¥याएर अर्को गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।



कतिपय शाखा अधिकृतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट अन्य मन्त्रालय, निकाय आयोग र कार्यालयमा पठाएको छ । कतिपय मन्त्रालय, निकाय आयोग र कार्यालयमा कार्यरत शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाएको छ ।
हेरफेर भएको सूची अनुसार सबैभन्दा बढी ११ जना शाखा अधिकृत गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट विभिन्न निकायमा सरुवा भएका छन् भने ९ जनालाई विभिन्न निकायबाट सरुवा गरेर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यस्तै ९ जनाले दोहोर्याएर एक गाउँपालिकाबाट अर्को गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।