गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः गृहमन्त्रलायले पूर्व मन्त्रीको लिष्टमा रवि लामिछानेको नाम अटाएन । नागरिकता विवादमा बर्खास्तमा परेका लामिछानेको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटाईएको हो ।

शुक्रबार ९२०७९–१०–१३० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए।

त्यस लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटायो। तर उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन्। पूर्व गृहमन्त्रीमा २०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने छैन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ लिएका थिए। उनी मन्त्रीको रुपमा ३२ दिनमात्रै रहे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय