नेपाली कांग्रेसले प्रस्ताव गरेको ब्यक्ति राष्ट्रपतिः महामन्त्री शर्मा

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कलः नेपाली कांग्रेसका महामन्त्री एवम प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनुभएको छ । मंगलबार इलामको फिक्कलमा पत्रकारहरुसंग कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरि कांग्रेसले प्रस्ताव गरेको योग्य ब्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने शर्माको दाबी छ । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को भन्ने बारेमा शर्माले विधिवत छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताउनुभएको छ । उहाँले भन्नुभयो,हामीसंग योग्य नेतृत्व धेरै हुनुहुन्छ ।अहिले मैले फलानो फलानो भनेर नाम भन्नु उचित हुँदैन् । संविधानको रक्षाको लागि शितल निवासमा बसेर बढो शितल ढंगले सोचेर राजनीतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर संविधानको संरक्षण गर्ने हामीसंग दर्जनौँ नेताहरु उम्मेदवारको रुपमा हुनुहुन्छ । अब हामी बैठक बस्छौ । र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौ ।

शर्माले राष्ट्रपति नेपाली कांग्रेसले पाउने माओवादी वा अर्कोले पाउने भन्ने कोण भन्दा माथि राखेर साझा अपनत्व ग्रहण गर्न सक्ने व्यक्ति छानिनुपर्ने भन्दै कांग्रेसले प्रस्ताव गरेको र कांग्रेसको सहभागिता संलग्नता सहितको उम्मेदवारलाई राष्ट्रपति बनाएर साझा अपनत्व बन्ने बनाउने अवस्थामा पुग्नेमा विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भागबन्डाको कोण भन्दा अलि माथि राखेर सोच्नुपर्छ । राष्ट्रपतिलाई संविधानले यो संविधानको संरक्षक पनि भन्छ पालक पनि भन्छ त्यस हिसाबले अभिभावक चयनको बिषय पनि हो । त्यो अभिभावकको चयन गर्दै गर्दा अहिले संसदको जस्तो समिकरण बनेको छ ।’ उहाँले भन्नुभयो, एक खालको गठबन्धन भएर चुनावमा जाने अर्को खालको गठबन्धन भएर सरकार बनाउने त्यसभित्र पनि समस्या आउने यो बेलामा यस्तो व्यक्तित्वमा राजनीतिक दल बिच सहमती हुन जरुरी छ । जसलाई सबैले साझा अपनत्व गर्न सकोस् ।

उहाँले कांग्रेस एक्लैले भन्दा पनि सवैदलको साझा सहमतीबाट देशले योग्य राष्ट्रपति पाउने बताउनुभएको छ । कांग्रेसको मतभार मात्र राष्ट्रपति बन्नका लागि पर्याप्त नभएकाले अन्य दलसंग समेत छलफल अघि बढाइने बताउनुभयो। ‘हामीले नै छलफल गरेर टुङ्ग्याउन गणित पुग्दैन् । उहाँ भन्नुहुन्छ,२५–२६ हजार मतभार चाहिन्छ हामीसंग केबल १६ हजार मतभार छ । १६ हजार मतभारमा अरु दलको पनि मतभार गाँसेर जाँदै गर्दा छलफल र बिमर्शपछि उम्मेदवार टुङ्ग्याउन बढि उचित हुन्छ । अहिले इलामको डाँडामा बसेर उम्मेदवार भन्न थाल्यो भने पनि परिपक्वता हुँदैन् । कांग्रेसले समर्थन गरेर अघि सार्ने उम्मेदवार नै देशको राष्ट्रपति बन्नुहुन्छ । यति चाहि किटानी गरेर भनिराख्छु ।

नेपाली कांग्रेस जनताबाट निर्वाचित ठुलो दल भएपनि राजनीतिक परिस्थितीका कारण सरकार बाहिर बलियो प्रतिपक्षी भएको भन्दै शर्माले प्रतिपक्षी भएपनि राष्ट्रपति चयनका लागि कांग्रेस नै निर्णायक बन्ने जिकिर गर्नुभएको छ । । ‘नेपाली कांग्रेस संसदमा जनताबाट निर्वाचित भएको सवैभन्दा ठुलो दल हो । ठुलो दल भएको हिसाबले सरकारकै नेतृत्व गर्नुप¥थ्यो । अथवा सरकारमा प्रतिनिधित्व हुनुप¥थ्यो त्यो परिस्थितीबस भएन् । अब जहाँ पुगेको छ राजनीति त्यहाँबाट सम्हालेर जानका लागि कंग्रेसले प्रस्ताव गर्ने उम्मेदवारलाई कांग्रेसको सहभागिता संलग्नता सहितको उम्मेदवारलाई राष्ट्रपति बनाएर साझा अपनत्व बन्ने बनाउने अवस्थामा पुग्नुपर्छ ।’

शर्माले निर्वाचन ताकाको गठबन्धन तोडिएपछि कांग्रेसले गुमाएको पद र प्रतिष्ठाको बारेमा केन्द्रिय समितिको बैठकमा गम्भिर आत्मसमिक्षा गरेर जिम्मेवार दलको भुमिका निर्वाह गर्ने भएकाले राष्ट्रपति निर्वाचन एउटा नविन बिन्दु बन्ने परिस्थितीमा पुग्ने जनाउनुभयो । नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याहरुबाट विचलित नहुने जिकिर गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय