
इलामः प्रेस चौतारी नेपाल इलामले स्थापना गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ २०७९ बाट इलामकी पत्रकार वविता मैनाली पुरस्कृत भएकी छन् । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा आइतबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा सो पुरस्कार मैनालीलाई प्रदान गरेको हो । मैनालीलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले १० हजार रुपैयाँको चेकसहित सम्मानपत्र प्रदान गरे ।
४ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील मैनाली स्थानीय इलाम एफएममा कार्यरत छन् । उनी अनौचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० इलाम प्रतिनिध समेत हुन् । प्रेस चौतारी नेपाल इलामले स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।



यसअघि गणेश अर्याल र मनोज अधिकारी पुरस्कृत भएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राई, नेकपा एमालेका उपसचिव एवम् प्रचार विभाग प्रमख रविन्द्र सुवेदी, एमाले इलाम नगरसचिव ठाकुरनारायण श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य ख्याम भुजेल, कोकिला ढकाल, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष राम योङहाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० का सचिव सोम सुनुवार, नेपाल प्रेस युनियनकी अध्यक्ष सविता पाण्डे, प्रेस सेन्टरकी अध्यक्ष बुद्धमाया सोङ्मी, पुरस्कृत पत्रकार मैनालीलगायतले मन्तव्य राखेका थिए । प्रेस चौतारी इलामका अध्यक्ष भीम चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष भगीरथ भण्डारी र संचालन सचिव मनोज अधिकारीले गरेका थिए ।