विभिन्न पार्टी परित्याग गरि गोर्खेका २४ जना एमालेमा प्रवेश

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः सूर्योदय नगरपालिका वडा नं १ गोर्खेमा विभिन्न पार्टी परित्याग गरि २४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । वडा कमिटिको आयोजनामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमको अवसरमा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सांसद एवं पार्टी जिल्ला कमिटि अध्यक्ष महेश बस्नेतले उनिहरुलाई स्वागत गरेको नगरकमिटि अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले भौगोलक रुपमा ठूलो र विभिधताले भरिएको यस वडाको विकास निर्माणमा जनप्रतिनिधि,सबै राजनितिक दल,सामाजिक अघुवा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेकपा एमाले जनताको साथमा रहेको भन्दै वडा देखि नगर र जिल्लाामा विभिन्न कमिटिहरुले योजना तयार गरेर पेश गर्न आग्रह गर्नुभएको छ । ऐतिहासिक गोर्खे बजारको मुहार परिवर्तन गर्न आवश्यक भएकाले समन्वय गर्न सरोकारवालाहरुलाई अपिल गर्नुभएको छ ।

नगर कमिटि अध्यक्ष भट्टराईका अनुसार सूर्योदयका विभिन्न वडामा एमाले प्रवेशको लर्को लाग्दै गएको छ । उनिहरु अधिकांश जनप्रतिनिधिको कामबाट असन्तुष्ट भएपछि एमालेको समृद्धि यात्रामा हातेमालो गर्न सहभागी हुने गरेको उहाँको भनाई छ । वडा कमिटि अध्यक्ष अमृत पान्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटि सदस्य काजिमान कागते, जिल्ला कमिटि एवं नगर कमिटिका विभिन्न सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय