इलामको माईजोगमाइ गाउपालिकामा राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता

द्वारा प्रकाशित गरिएको हो |
२०७९ फाल्गुन ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको माईजोगमाइ गाउपालिकामा राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको छनौट खेल सम्पन्न भएको छ । माईजोगमाई गाउपालिकाको केन्द्र नयाँबजार स्थित अमर कल्याण माध्यमिक विद्यालयको खेल मैदानमा २०७९ फागुन २ देखि ४ गते सम्म राष्ट्रपति रनिङ सिल्डको छनौट खेलहरु संचालन भएको हो ।उक्त छनौट खेलमा ट्राक , फिल्ड भलिबल लगायत जम्मा २८ खेलहरु समावेश भएको थियो । छनौट खेलमा माईजोगमाई भरिका ८ वटा सामुदायिक विद्यालयहरुले सहभागिता जनाएका थिए । माईजोगमाई गाउपालिका भित्रका सामुदायिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पहिलो पटक गरिएको अमर कल्याण माध्यमिक विद्यालयका शिक्षक घनश्याम पौडेलले जानकारी दिए ।
राष्ट्रपति रनिङ सिल्ड छनौट खेलमा १३ स्वर्ण ६ रजत र ५ कास्य पदक सहित २४ पदक जितेर अमर कल्याण मावी नयाँबजार पहिलो भयो । ६ स्वर्ण २ रजत र १ कास्य पदक सहिज जम्मा ९ पदक जितेर शिरिसे मावी माइजोगमाई ५ दोस्रो बन्यो यस्तै ४ स्वर्ण ७ रजत र ५ कास्य पदक सहित जम्मा १६ पदक जितेर नामसालिङ्ग मावी माइजोगमाई ३ शुक्रबारे तृतीय बन्यो ।
समापन कार्यक्रमको अध्यक्षता अमर कल्याण माविका विद्यालय व्यवस्थापन समिती अध्यक्ष यामकुमार कार्की , प्रमुख अतिथि माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेले गरेका थिए ।आगामी बर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता नामसालिङ माविले गर्ने र राष्ट्रपति रनिङ सिल्ड छनौट खेलको झण्डा आगामी बर्षको आयोजक नामसालिङ माविलाई यो बर्षको आयोजक अमर कल्याण माविले हस्तान्तरण गरेको शिक्षक घनश्याम पौडेलले बताए । स्थानीयसन्देश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय