पालुवा बाल क्लब सूर्योदय १० को आयोजनामा अन्तर विद्यालय परेड प्रतियोगिता

द्वारा प्रकाशित गरिएको हो |
२०७९ फाल्गुन ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः सूर्योदय नगरपालिकामा अन्तर विद्यालय परेड प्रतियोगिता आयोजना गरिएको छ । सूर्योदय नगरपालिका १० नम्बर वडा कार्यालयको समन्वय र पालुवा बाल क्लब सूर्योदय नगरपालिका १० को आयोजना परेड प्रतियोगिता आयोजना गरिएको हो । प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख रणबहादुर राईले भन्नुभयो , “विद्यार्थीले सशक्त र अनुशासित रुपमा आफ्नो क्षमता देखाए । बलियो लोकतन्त्रमा नागरिक स्वतन्त्रता, वयस्क अधिकार, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, निष्पक्ष न्यायपालिका, आवधिक निर्वाचन, कानुनको शासन आदि सुनिश्चित गर्न आवश्यक छ। मुलुकको संघीयता पछि दिगो शान्ति, सुशासन, विकास र समृद्धिको अपेक्षा गरेका छौं ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय