ग्याँस सिलिण्डरमा सल्किएको आगो कसरी निभाउने ?

द्वारा प्रकाशित गरिएको हो |
२०७९ फाल्गुन ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

इलामः अहिले शहरदेखि गाउँ–गाउँसम्मका भान्साहरुमा सिलिण्डर ग्याँसको प्रयोग भइरहेको छ । नियमित रुपमा ग्याँसको प्रयोग जति सजिलो छ, सचेत नभएर उति नै जोखिमपूर्ण पनि छ ।

नेपाल आयल निगमकाअनुसार नेपलमा देशभर महिनाको ३५ लाख सिलिण्डर ग्याँस खपत हुन्छ । माघ महिनाको अन्त्यसम्म एक करोड ५० लाख वटा सिलिण्डर बजारमा छन् ।

यिनै सिलिण्डर ६० ग्याँस उद्योगमा भरिएर उपभोक्ताको घर–घरमा पुग्छन् । उचित अनुगमन र नियमनको अभावमा हाम्रो घरमा आइपुगेका सबै सिलिण्डर सुरक्षित छन् भन्ने विश्वस्त हुन सकिने अवस्था छैन । प्रज्वलनशील पदार्थ भरिएको ग्याँसका कारण र कतिपय अवस्थामा मानवीय त्रुटिका कारण दुर्घटना हुने खतरा हुन्छ ।

गत साता मात्रै काठमाडौंको बुद्धनगरमा भएको ग्याँस दुर्घटनामा नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भयो भने सांसद भण्डारीको सघन उपचार जारी छ । भण्डारीको घरमा ग्याँस दुर्घटना हुनुको कारणबारे विस्तृत विवरण आइसकेको छैन । तर यो दुर्घटनाले यस्तै खाले अन्य दुर्घटना हुनसक्नेमा भने सचेत गराएको छ ।

यही पृष्ठभूमिमा ग्याँसको सिलिण्डर सुरक्षा कसरी गर्ने, आगो लाबगि हाले प्राथमिक नियन्त्रण र होसियारीका उपायबारे अग्नि नियन्त्रक किशोरकुमार भट्टराईबाट सचेतना भिडियोको लागि ‘डेमोस्ट्रेसन गरिएको छ ।

उनकाअनुसार ग्याँस सिलिण्डरबाट अनियन्त्रि रुपमा ग्याँस बाहिरिएर लाग्ने आगोका कारण उच्च ताप र चाप परेको अवस्थामा मात्रै सिलिण्डर बिस्फोट हुन्छ । एक्कासी लाग्न सक्ने ग्याँसको आगोलाई होसियारी पूर्वक समयमै नियन्त्रण गरे क्षति कम हुने भट्टराई बताउँछन् ।

अग्नि नियन्त्रणमा दक्षता र अनुभव हासिल गरेका भट्टराईले प्रस्तुत गरेको ग्याँसको आगो नियन्त्रणको प्रयोगात्मक अभ्यासमा विशेष ध्यान दिनुपर्ने थुप्रै कुराहरु सुझाएका छन् ।

ग्याँसको आगो कसरी लाग्छ ?

अग्नि नियन्त्रक भट्टराईकाअनुसार ग्याँस विस्फोट हुन सिलिण्डर नजिक आगो लाग्नु पर्छ । तर, ग्याँसका कारण आगलागी हुन भने ग्याँस ‘लिक’ हुनुपर्छ । ग्याँस जोडिएको रेगुलेटर कमजोर भएमा, चुल्होमा जोडिएको पाइप फुटेमा, चुल्हो बन्द गर्न बिर्सेमा वा चुल्हो कमजोर भएर ग्याँस चुहिएमा आगलागी हुन्छ ।

ग्याँसको आगलागी हुनबाट घर र भान्सालाई कसरी सुरक्षित राख्ने ?

गुणस्तरीय, सफा, नकुच्चिएको र सकेसम्म नयाँ ग्याँस सिलिण्डर मात्रै प्रयोग गर्ने ।
बिग्रिएको, कुच्चिएको, स्वरुप बिग्रिएको सिलिण्डर खरिद नै नगर्ने ।
नेपाल गुणस्तर प्राप्त रेगुलेटर मात्रै प्रयोग गर्ने ।
नेपाल गुणस्तर प्राप्त ग्याँसको पाइप मात्रै प्रयोग गर्ने ।
बगैंचामा पानी हाल्ने पाइप भान्साको ग्याँसमा प्रयोग भएको भए तुरुन्तै निकाल्ने ।

सिलिण्डरबाट पाइप छुटेर आगलागी भएमा

अग्नि नियन्त्रक भट्टराईकाअनुसार यस्तो अवस्थामा होसियारी अपनाउने हो भने सिलिण्डरबाटै आगो नियन्त्रण गर्न सकिन्छ । रेगुलेटरबाट पाइप फुस्किएर ग्याँस बलिरहेको छ भने सिलिन्डरलाई खुट्टाले आड दिंदै सुरक्षित स्थानतर्फ लैजानुपर्छ । सकेसम्म आगोले कुनै वस्तुलाई नटिप्ने क्षेत्रसम्म नहडबडाइ लैजानुपर्छ ।
रेगुलेटरबाट निस्केको ग्याँस एक देखि दुई इन्च पर पुगेर मात्रै आगोमा परिणत हुने भएकाले रेगुलेटर र आगो सुरु हुने बिन्दु बीचको सम्बन्ध टुटाइदिए आगो नियन्त्रणमा आउँछ । यसका लागि रेगुलेटरको ग्याँस निस्किरहेको प्वाल होसियारीपूर्वक औंलाले बन्द गरिदिनु पर्ने भट्टराई बताउँछन् । यस्तो गर्दा औंलालाई हानी पनि नगर्ने र आगो पनि निभ्ने उनले बताए ।
हातले रेगुलेटरको पाइप प्वाल बन्द गर्न सकिएन भने पर्दा, तन्ना वा कपडा वा डोरम्याटले रेगुलेटरको मुखमा पर्ने गरी सिलिण्डरको माथिल्लो भागमा बेस्सरी हिर्काउन सकिन्छ । यस्तो गर्दा आगो र ग्याँस बीचको सम्बन्ध टुट्छ र आगो नियन्त्रण हुन्छ ।
यस्तै सिलिण्डर र रेगुलेटरको मुखबाट आगो बलिरहेको छ भने बलियो र मुख नफुटेको खाली बाल्टिनले सिलिण्डरको मुख बलियो गरी झ्याप्पै बन्द गर्नुपर्छ । यसो गर्दा बाल्टिनबाट भित्र हावा पस्न नदिन कसिलो गरी छोपिनु पर्छ । बाल्टिनभित्र हावा पस्न रोके आगो निभ्छ ।
नच्यातिएको र सकेसम्म नयाँ कपडाले झ्याप्प छोप्दा पनि सिलिण्डरमा लागेको आगो निभ्छ । तर, यसो गर्दा कपडाबाट हावा भित्र जान नसक्ने गरी सिलिन्डरमा केही बेर छोपिरहनुपर्छ । तन्ना वा पानीमा भिजेको जुटको बोरा यसमा प्रयोग हुन सक्छ ।

चुल्होबाट पाइप छुटेर आगलागी भएमा

पाइपको मुखबाटै आगो बलिरहेको छ भने ३ औंलाले दोबारेर पाइपलाई भाँचियो भने ग्याँसको आपूर्ति बन्द हुन्छ र थप आगो बल्न पाउँदैन ।
यस्तै पाइपलाई सावधानीपूर्वक हातमा लिएर त्यसको टुप्पोमा बिस्तारै औलाले थिचिदिएमा पनि आगो निभ्छ । पानी हालेर ग्याँसमा लागिरहेको आगो निभ्दैन ।
ग्याँस लिकका कारण हुने आगलागीबाट बच्न के–के गर्ने रु

भान्सामा प्रयोग हुने ग्याँस चुहियो भने थाहा हुने गरी गन्हाउँछ भन्ने कुरा याद गर्नुस् ।
अस्वभाविक रुपमा ग्याँस गन्हाएको थाहा भयो भने सबै भन्दा पहिले आगोका झिल्का उत्पन्न हुने कुनै पनि काम नर्गनुहोस् । जस्तै, बिजुलीको स्वीच, अन वा अफ दुवै नगर्नुस्, त्यसले स्पार्क भएर बिजुलीको झिल्का उत्पन्न भए फैलिएको ग्याँसमा आगो सल्किन्छ ।
कोठाको झ्याल र ढोका खोल्नुस् । भित्र धेरै हावा छिर्ने अवस्था बनाउनुस् ।
होसियारी पूर्वक सिलिण्डरको रेगुलेटर बन्द गर्नुस् ।
सिलिण्डरको भल्भबाट नै लिकेज भइरहेको रहेछ भने रेगुलेटर निकालेर सुरक्षा क्याप लगाइदिनुस् ।
सकिन्छ भने एउटा खुट्टाको साहायतामा भुइँमा नगुडाई उक्त सिलिण्डर बाहिर निकाल्नुस् । ९गुडाउँदा वा घिसार्दा झिल्का उत्पन्न हुनसक्ने भएकाले त्यो गल्ती नगर्नुस् ।
मोबाइल, यसका चार्जर वा कुनै पनि विद्युतीय सामग्री जहाँ छन् उस्तै छोड्नुस् ।
तत्काल बाहिर निस्कन सकिने अवस्था छ भने सबैजना बाहिर निस्कनुस् ।
बाहिर निस्कन मिलेन भने घर वा कोठामा हावा बहिरहेको दिशा भन्दा फरक ठाउँमा जानुस् ।
कुनै सुरक्षित उपाय गर्न सक्नु भएन भने छिमेकी वा प्रहरीसँग सहायता माग्नुस् ।
वारुणयन्त्र र प्रहरीलाई तुरुन्त खबर गर्नुस् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय