फिक्कलः राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन महेन्द्ररत्न बहुमुखी क्याम्पस इकाइ समिति इलामले आज निःशुल्क सेनेटरि प्याड कक्ष स्थापना गरेको छ । कक्ष स्थापनापछि पहिलो चरणमा एक कार्टुन प्याड क्याम्पस प्रमुख खगेन्द्र चापागाईँलाई हस्तान्तरण गरेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला अध्यक्ष विपिन दाहालले जानकारी दिनुभएको छ ।
कक्ष भने केही समयको लागि स्टोर रुममा रहेको र थप सामाग्री व्यवस्थापन गरेसंगै व्यवस्थित रुपमा सन्चालन गरिने दाहालको भनाई छ । हालको अवस्थामा निःशुल्क रुपमा आवश्यकता अनुसार छात्राहरुले प्याड लैजाने सक्ने व्यवस्था मिलाईएको मरब क्याम्पस इकाई कोषाध्यक्ष अस्मिता कार्कीले बताउनुभयो । यश कार्यक्रममा निरन्तर सहयोग गरेको भन्दै संगठनले राप्रपा जिल्ला उपाध्यक्ष माया भट्टराईलाई धन्यवाद ज्ञापन गरेको छ ।