नेपाललाई ओलीको पत्र,‘नेम्बाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वास गर्दछु’

द्वारा प्रकाशित गरिएको हो |
२०७९ फाल्गुन १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेका छन् ।

शनिबार लेखिएको पत्रमा नेम्बाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको उल्लेख गरिएको छ ।

‘राष्ट्रियसभा, प्रतिनिधिसभा, र प्रदेशसभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा। सुवासचन्द्र नेम्बाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ ओलीले नेपाललाई लेखेको पत्रमा भनिएको छ ।

शनिबार विहान बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपति पदमा नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उसले आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सबै दललाई पत्राचार गर्ने निर्णय पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय