अहिले निश्चित कुलमा जेठो छोराका रूपमा जन्मेर शासक हुने व्यवस्था छैनः नेम्वाङ

द्वारा प्रकाशित गरिएको हो |
२०७९ फाल्गुन १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेकपा एमालेका राष्ट्रपतिमा उम्मेदवारी दिएका सुवास नेम्वाङले संविधानको संरक्षक भएर काम गर्ने बताएका छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन९२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले अहिले जनताका छोराछोरी राष्ट्राध्यक्ष हुने व्यवस्था रहेको समेत बताए ।

पहिले कुनै निश्चित कुल घरानाका निश्चित व्यक्ति मात्र शासक हुने व्यवस्था भए पनि अहिले भने जनताको राष्ट्रपति हुने व्यवस्था आफूहरूले ल्याएको उनले बताए । उनले भने, ‘गणतन्त्र स्थापना हुनुअघि निश्चित कुलमा जेठो छोराका रूपमा जन्मेर शासक हुने राष्ट्राध्यक्ष हुने व्यवस्था थियो । तर हामीले बनाएको संविधानअनुसार जुनसुकै कुलघरानामा जन्मिएका छोरा वा छोरी पनि राष्ट्रपति हुने व्यवस्था गरेका छौँ । अर्थात जनताको राष्ट्रपति हुने व्यवस्था गरेका छौँ ।’

जनताको राष्ट्रपति अनुभुत हुनेगरी आफूले काम गर्ने पनि नेम्वाङले प्रतिबद्धता जनाए । उनले भने, ‘प्रतिस्पर्धालाई सम्मान गर्छु । राष्ट्रपतिको निर्वाचनमा म सम्मानका साथ अगाडि बढेको छु । हिजो ३१ वटा राजनीतिक दलबाट निर्विकल्प संविधानसभा अध्यक्षको भूमिका निर्वाह पनि गरेको छु । अहिले संविधानको संरक्षक हुने मौका अवसर पाएको छु । त्यो अवसरलाई लिएर म अग्रसर भएको छु । त्यसलाई म इमान्दारितासाथ पालना गर्नेछु ।’

कांग्रेसले भने राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस उम्मेदवार पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रसहित ८ दलको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय