
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले बनेको गठबन्धनलाई भ्यागुताको धार्नीको संज्ञा दिएका छन्। उनले भ्यागुता कति वेला उफ्रन्छन् भन्ने कुनै ठेगान नहुने बताए। खनालले गठबन्धनहरूबाट देशले पार नपाउने र यिनको आयु समेत नभएको बताएका छन्।
बङ्गलादेशको कार्यक्रमबाट फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूको कुराकानीमा खनालले यस्तो बताएका हुन्। बङ्गलादेशको ढाकास्थित सर्वोच्च अदालत परिसरमा सार्क ह्युमन राइट्स फाउण्डेशनको आयोजनमा ‘मानवअधिकार सम्मेलन९२०२३’ लाई सम्बोधन गरेर उनी आज राति स्वदेश फर्किएका हुन्। उनी बिहीबार बङ्गलादेश गएका थिए।



खनालले बङ्गलादेश र नेपालबीच अति सुमधुर, बहुआयामिक सम्बन्ध रहेको र पारवहन सुविधा दिएको बताए। यसैगरी बङ्गलादेशमा डिसेम्बरमा हुने निर्वाचनमा विभिन्न मुलुकबाट पर्यवेक्षकहरू आउने र नेपालले पनि पर्यवेक्षक पठाउने बङ्गलादेशले अपेक्षा गरेको नेता खनालले जानकारी गराए।