सुरक्षित आवासमा सूर्योदय ६ का ३४ घर लाभान्वितः वडा बाहिरकालाई सुविधा दिइएको जनगुनासो

द्वारा प्रकाशित गरिएको हो |
२०७९ चैत्र ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत सुर्योदय नगरपालिका–६ का ३४ घर धुरी लाभान्वित बनेका छन् । कार्यक्रम अन्तर्गत घर नभएको, जीर्ण भएको अति विपन्न तथा एकल महिला आदिलाई प्राथमिकतामा राखेको राखेको वडाध्यक्ष शिवकुमार बस्नेत बताउँछन् । यसै वीच जनप्रतिनिधिको मिलेमतोमा वडामा बसोबास नगरेको मानिसको पनि नाम प्रकाशन भएको पाइएको छ ।

स्थानीय बासिन्दालाई छाडेर बाहिरकालाई सुविधा दिइएको जनगुनासो बढेको छ । वडाध्यक्ष बस्नेत यस बारे आफुलाई जानकारी नआएको बताउँछन् । उनले विगतका बर्ष देखि नै कुनै भेदभाव र पुर्वाग्रह नराखी काम गरेको दावी गरेका छन् । “मैले अहिलेसम्म पारदर्शी ढंगले काम गरेको छु । नगर भित्र श्रमिकको रुपमा काम गरिरहेका कतिपयलाई विभिन्न वडाबाट सेटल गराउने कुरा भए पनि आफ्नो वडा कार्यविधि अनुसार मात्र गरको छु ।’ उनले भने । वडा नं ६ का बासिन्दा नरहेको विरेन मल्लिक समेत लाभग्राहीको सुचीमा छन् ।

वडा सदस्य चन्द्रकला मैनालीले पनि जम्मा ३५ जनालाई सुरक्षित आवास अन्तर्गतको कार्यक्रम परे पनि १ जनाको सम्झौता हुन वाँकी रहेको जानकारी दिएकी छन् । उनले अहिले प्रकाशन भएको नामहरु अघिल्लो जनप्रतिनिधिकै पालामा तय भएको बताइन् । उनले सुरक्षित आवास कार्यक्रम अन्तर्गत नाम छनौट को सम्वन्धमा गढवढ भएको स्वीकार्दै त्यसलाई सच्याईने बताइन् ।

गत स्थानीय तह निर्वाचनमा नेकपा ९एकिकृत समाजवादी ० वडाध्यक्ष सहित एक तथा नेपाली कांग्रेस बाट ३, नेकपा ९एमाले ०बाट १ गरि ५जना जनप्रतिनिधि निर्वाचित भएका थिए । स्थानीयसन्देश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय