
विराटनगरः स्ववियु निर्वाचनको पूर्व( सन्ध्यामा महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुले तालाबन्दी गरेको छ।
क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइएपछि तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ।



क्याम्पस प्रशासन जस्तो जिम्मेवार तहबाट नै नेविसंघका उम्मेदवारलाई भोट हाल्नु भनी धम्कीपूर्ण निर्देशन आइरहेको थाहा पाएपछि तालाबन्दी गरेको अनेरास्ववियुका नेता भाष्कर खनालले जानकारी दिए।
नेविसंघले आफू पराजित हुने सम्भावना देखिएपछि नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको र महेन्द्र मोरङमा क्याम्पस प्रशासनदेखि निर्वाचन समितिले लापरबाहीपूर्ण काममा लागेपछि तालाबन्दी गरेको अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले बताए। नेविसंघले शुक्रबार नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको थियो।