
फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नं १ स्थित श्री हिमालय माद्यमिक विद्यालयमा मेनुका स्मृति जेहेन्दार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । मेनुका स्मृत्ति शैक्षिक विकास संस्था द्धारा वि सं २०४६ सालयता निरन्तर वितरण हुँदै आएको पुरस्कार यस बर्ष गएको बुधबार वितरण गरिएको हो । सूर्योदय नगरपालिका वडा नं ३ का मेनुका सापकोटाको २९ बर्षको अल्पायुमा निधन भएपछि उहाँको सम्झनामा काँईला भाई सूर्यभक्त सापकोटाले स्थापना गर्नुभएको यो संस्थाले हालसम्म थुप्रै विद्यालयका धेरै विद्यार्थी र शिक्षकहरुलाई पुरष्किृत गरेको छ । दुई लाख पचास हजार अक्षयकोष रहेको यस संस्थालाई वि सं २०६५ सालमा जिल्ला प्रशासन कार्यलय इलाममा दर्ता गरिएको थियो ।
हालसम्म अमरकल्याण मावि नयाँबजार,ज्ञानोदय मावि जोगमाई,बौद्धधाम मावि,शान्त मावि जिल,हिमालय मावि गोर्खे,सिंहदेवि मावि गोर्खेका ७० जना भन्दा बढी जेहेन्दार विद्यार्थीहरु पुरष्किृत भएका छन् भने विभिन्न स्थानमा रहेर शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदाना पुर्याएका ७ जना सम्मानित भएका छन् । संस्थाले अन्तरमावि निबन्ध लेखन,हाजिरीजवाफ,नृत्य तथा गायनको क्षेत्रमा उत्प्रेरित गर्न अतिरिक्त कृयाकलापहरुको आयोजना गर्दै आएको संस्थाका सचिव निधिप्रसाद पोख्रेलले जानकारी दिनुभएको छ ।



बुधबार सम्पन्न यसबर्षको कार्यक्रमको अवसरमा दुर्गा भवानी आधारभुत विद्यालयका पूर्व प्रधानाध्यापक डम्बरबहादुर भन्डारीलाई सम्मान गरिएको छ भने पाँच विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति वितरण गरिएको छ । सूर्योदय वडा नं १ र ३ का गरि जम्मा १० विद्यार्थीलाई झोला सहितको शैक्षिक सामाग्री प्रदान गरिएको हिमालय माविका शिक्षक समेत रहनुभएका सचिव पोख्रेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार,अन्तर आधारभूत तह हाजिरीजवाफ प्रतियोगितामा श्री रत्न सुधार आवि प्रथम,स्टेपिन एजुकेशन फाउन्डेसन द्धितिर र दुर्गा भवानी आबि तृतिय बनेका छन् । संस्थाका संस्थापक अध्यक्ष टिका सापकोटाको अध्यक्षता एवं वडा नं १ का वडाध्यक्ष राजकुमार शेरेङ्गको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन सचिव पोख्रेलले गर्नुभएको थियो ।